1. ताजा अपडेट
Comments Add Comment
Dhananjaya Rawal
२०७५ असार २५ गते १६:४८
She played the role of Dhoni's girlfriend and later died in car accident without confessing the love in the movie MS Dhoni. She did not play role of Sakshi, which is played by different heroine. Could you please correct this from this news article. Because I follow your news portal as the main source of news in Canada, you don't deserve to publish wrong information being the No. 1 Nepali News Portal. Thanks

अक्षय कुमारको फिल्म यसकारण लत्याइन् दिशा पटानीले


हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् ।

दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका छन् । उनको पहिलो फिल्म थियो क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक । जसमा उनले धोनीकी पत्नी साक्षीको भूमिका निभाएकी थिइन् । यही फिल्मबाट उनी नोटिसमा आइन् ।

हालै उनको दोस्रो फिल्म बागी २ प्रदर्शनमा आयो र धमाकेदार कमाई गर्‍यो । यस फिल्ममा दिशा आफ्ना रियल लाइफ ब्वाइफ्राइन्ड टाइगर श्राफसँग देखिएकी छन् । बागी २ को सफलतापछि दिशाको चर्चा चुलिएको हो ।

अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त छिन् । यस फिल्मका लागि जमेर मिहिनेत पनि गरिरहेकी छन् । साथै ऋतिक रोशनको जोडी भएर अर्को फिल्म खेल्ने पनि तय भएको छ ।

यसरी हातमा दुई प्रोजेक्ट भइसकेपछि तत्काल उनले अर्को अफर स्वीकार्ने सम्भावना छैन । यस्तोमा उनले सुपरस्टार अक्षय कुमारको जोडी बन्ने प्रस्तावलाई समेत नकार्नु परेको छ । उनलाई ‘हाउसफुल ४’ का लागि यो अफर आएको थियो । समय नभएको भन्दै उनले अफर अस्वीकार गरिन् ।

कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता-निर्देशकको दैलो चहार्ने दिशा पटानीको करिअरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थियो । उनी आफ्नो ग्ल्यामरस र सेक्सी छविका लागि पनि चर्चित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment