Comments Add Comment

भालुको ६ वटा पित्तसहित २ जनापक्राउ

२५ असार, दार्चुला । भालुको ६ वटा पित्तसहित २ जनालार्ए दार्चुला प्रहरीले पक्राउ गरेको छ ।

दार्चुलाको व्याँस गाउँपालिका-६ पन्तोली बस्ने वर्ष ३६ का मानसिंह धामी र हुम्लाको सिमिकोट गाउँपालिका-७ बस्ने २६ वर्षीय रेकश शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

झोलामा ६ थान भालुको पित्त बोकी हिँडिरहेको अवस्थामा महाकाली नगरपालिका-४ बंगाबगडबाट प्रहरी सहायक निरीक्षक भानसिंह चन्द नेतृत्वको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो ।

धामीलाई सोधपुछ गर्दा हुम्लाको सिमिकोट-७ का रेकशले मगाएको भन्ने बयानका आधारमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धामीको साथबाट ८९६ ग्राम भालुको पित्त बराम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

प्रहरीले भालुको ६ थान पित्तसहित दुबैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।

जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार उक्त मुद्दाको प्रक्रिया अगाडि बढाइएको छ ।

अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरी आबश्यक कारबाही गरिने जिल्ला वन कार्यालयले स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment