Comments Add Comment

प्रदेश ५ का सांसदको प्रश्न : नाम राख्न र राजधानी तोक्न कसले रोक्यो ?

२५ असार, बुटवल । प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् ।

सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताएका हुन् । सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजस्तै भएको टिप्पणी गरे । ‘न नाम, न त राजधानी छ, १ बर्ष रुपन्देहीमा राखौं,अर्काे बर्ष बर्दियाको राजापुरमा राजधानी राख्नुपर्छ’ उनले भने ।

सांसद अष्टभुजा पाठकले सरकारलाइ प्रदेशको नाम र राजधानी राख्न के को डर छ भनी प्रश्न गरे । ‘छिमेकी प्रदेशहरु नामाकरण भइसके, स्थायी राजधानी तोकिसकियो, यहाँ कसले रोक्यो, किन तोेकिएन’ उनको प्रश्न छ ।

सांसद धर्मबहादुर लाल श्रीवास्तबले प्रदेशको राजधानी कपिलवस्तुको तिलौराकोटमा राख्नुपर्ने धारणा राखे ।

समीक्षा ‘मृत्यु’ प्रकरणको सत्य तथ्य पत्ता लगाउन माग

प्रदेशसभाको बैठकमा रुपन्देही रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीको रहस्यमय मृत्यु घटनाको सत्य तथ्य पत्ता लगाउन सांसदहरुले माग गरेका छन् ।

शून्य समयमा बोल्दै सांसदहरु निर्मला क्षेत्री, कमलादेवी बिक, दामाकुमारी शर्माले समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

घटना भएको लामो समयसम्म मुद्दा दर्ता नहुनु र विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भए पछि मात्रै मुद्दा दर्ता गरिनु, स्थानीय जनप्रतिनिधिहरु र स्थानीय प्रहरी प्रशासनले समेत घटना प्रति चासो नदेखाउनु दुखद भएको सांसदहरुको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment