Comments Add Comment

बिष्णुमाया परियारले क्यानडामा सुनाइन संघर्षको कथा

९ जुलाइ, न्यूयोर्क । क्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यू जर्सीकी महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ बिद्यावारिधि)ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् ।

वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा उनले सहभागिता जनाएकी हुन् ।

सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र संघर्षको कथा सुनाउनका लागि वक्ताका रुपमा बोलाइएको थियो ।

अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी शहरका नगर प्रमुख मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकारसमेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखि हालसम्म १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएकाछन् ।

सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ ।

एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment