Comments Add Comment

विश्वकप सेमिफाइनलका ४ टिम, कुन कस्ता ?

बेल्जियम बलियो अरु उस्तै !

२५ असार, काठमाडौं । विश्वकपमा सेमिफाइनलमा फ्रान्स र बेल्जियम साथै इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् ।

दाबेदारी प्रस्तुत गरिरहेका केही टिम निराश हुँदै बाहिरिएका बेला युरोपियन देशमात्रै बाँकी रहेको विश्वकपमा विजेता अनुमान कठिन बनेको छ ।

समूह चरणदेखि नै बेल्जियम बलियो रुपमा प्रस्तुत भइरहेको छ भने फ्रान्स, इंग्ल्याण्ड र क्रोएसियाको प्रदर्शन उस्तैउस्तै देखिएका छन् ।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । बेल्जियमले अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ ले हराएको हो ।

फ्रान्सले समूह चरणमा अस्टे्रलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको  फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २-१, पानामालाई ६-१ ले हराएको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो । अन्तिम १६ मा कोलम्बियासँग १-१ को बराबरीपछि टाइबे्रकरमा ४-३ ले विजयी भएको इंग्ल्याण्डले क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराएको थियो ।

क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो ।

यस्ता छन् सेमिफाइनलमा चार टिमका केही तथ्य

विश्वकप सेमिफाइनलमा पाँचौ पटक युरोपियन देश मात्रै रहेका छन् । यसअघि सन् १९३४, १९६६, १९८२ र २००६ मा युरोपियन देशमात्रै सेमिफाइनलमा थिए ।

यसअघि पछिल्लो पटक बेल्जियम १९८६ मा, इंग्ल्याण्ड १९९० मा, क्रोएसिया १९९८ मा फ्रान्स २००६ मा विश्वकप सेमिफाइनल पुगेका थिए ।
बेल्जियम र  फ्रान्सबीच मंगलबार राति पौने १२ बजे हुने खेल दुवै देशबीचको ७४ औं खेल हो । यसअघि बेल्जियमले ३० खेल र फ्रान्सले २४ खेल जितेका थिए । विश्वकपमा सन् १९३८ र १९८६ मा भएको दुवै खेलमा भने फ्रान्सले बेल्जियमलाई हराएको थियो ।

बेल्जियमको प्रशिक्षक रोबर्टो मार्टिनेज अर्को देशलाई विश्वकप सेमिफाइनलमा लैजाने दोस्रा प्रशिक्षक हुन् । उनी स्पेनिस हुन् । यसअघि ब्राजिलियन प्रशिक्षक लुइज फिलिपले पोर्चुगललाई सन् २००६ को विश्वकप सेमिफाइनलमा लगेका थिए ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्स विश्वकपमा आˆनो ११ औँ खेल प्रशिक्षण गर्दै छन् । जुन फ्रान्स टिमलाई विश्वकपमा सबैभन्दा धेरै खेल प्रशिक्षण गर्ने कीर्तिमान हो ।

रसिया विश्वकपमा अहिलेसम्म निर्धारित समयमै सबै खेल जित्ने एक मात्र टिम बेल्जियम हो । जसले यसअघिका पाँच खेलमा १४ गोल गरेर सबै जितेको छ ।

क्रोएसिया एउटै विश्वकपमा दुई पटक टाइब्रेकरमा विजयी हुने दोस्रो टिम बन्यो । यसअघि अर्जेन्टिनाले सन् १९९० मा दुई पटक टाइब्रेकर जितेको थियो । साथै यसअघि तीन पटक टाइबे्रकर जित्न नसकेको इंग्ल्याण्डले कोलम्बियालाई अन्तिम १६ मा टाइब्रेकरमा हरायो ।

इंग्ल्याण्ड अहिले तेस्रो पटक विश्वकप सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा इंग्ल्याण्डमा आयोजना हुँदा, १९९० मा इटालीमा र यसपटक रसियामा गरेर तीनै पटक युरोपियन भूमिमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

रसिया विश्वकपमा अहिलेसम्म ६ गोल गरेका इंग्ल्याण्डका हृयारी केन गोल्डेन बुटको दौडमा अघि छन् । साथै बेल्जियमका रोमेलु लुकाकुले चार र फ्रान्सका एन्टोनी गि्रजम्यान र केलियन एमबाप्पेले तीन/तीन गोल गरेका छन् । क्रोएसियाका लुका मोडरिकले दुई गोल गरेका छन् ।

फ्रान्स विश्वकपमा छैठौं पटक सेमिफाइनलमा पुगेको हो । सन् १९५८, १९८२ र १९८६ मा सेमिफाइनलमा पराजित भएको फ्रान्स १९९८ र २००६ मा भने विजयी भएको थियो ।

यसअघि सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम अर्जेन्टिनासँग २-० ले हारेको थियो । अर्जेन्टिनाका लागि दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए ।

बेल्जियम आफ्नो पछिल्लो २४ खेलमा अपराजित रहेको छ । १९ खेल जितेको छ भने ५ खेल बराबरी गरेको छ । जसमा पछिल्लो पटक लगातार ७ खेलमा भने बेल्जियम विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment