Comments Add Comment

अक्सर डाक्टरसँग यस्तो कुरा लुकाउँछन् बिरामी, जो हुनसक्छ हानिकारक

सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् । बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि । यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ? त्यसको सही उपचार भयो वा भएन ? अब कसरी अगाडि बढ्न सकिन्छ ?

त्यसैले यी कुराहरुले चिकित्सकलाई मार्गनिर्देशन गर्छ । तर, बिमारीले सही ढंगले आफ्नो अवस्था नबताउँदा उपचार प्रभावकारी नहुन सक्छ । खासगरी महिलाहरु कतिपय कुरा स्पष्टसँग खुलाउँदैनन् ।  खासगरी यौनाङ्ग वा यौनरोगसँग सम्बन्धित कुरा लुकाउने गर्छन् । त्यस्तै कतिपय जटिल समस्या पनि लुकाउने गर्छन् ।

सामाजिक परिवेश, पारिवारिक भय तथा व्यक्तिगत संकोचका कारण पनि उनीहरुमा यस्तो समस्या हुनेगर्छ ।

महिलाहरुको शरीर संवेदनशील हुने गर्छ । शरीरको संवेदनशीलताकै कारण उनीहरु हरेक पटक कुनै न कुनै समस्याबाट गुजि्रएकै हुन्छन् । तर त्यस्ता समस्याबारे महिलाहरुलाई सही जानकारी नहुँदा  उनीहरु हरेक समय तनावमा रहने गर्छन् । उनीहरुलाई लाग्छ, कतै म गर्भवती त छैन’ ।

जबकी यस्ता समस्या गर्भका कारण मात्र नभई हर्मोनको गडबडी, गलत खानपान, शारीरक श्रम, तनाव लगायतका कारण पनि हुनसक्छ । जसबारे जानकारी नहुदाँ महिलाहरु यस्ता समस्यालाई गर्भसितमात्र जोड्र हेर्ने गर्दछ । जसबारे चिकित्सकसित खुलेर कुरा गर्न आवश्यक छ ।

युवतीहरुमा देखिने कयौ किसिमका शारीरिक समस्या

अनियमित महिनावारी

हुन त युवतीहरुमाझ आजकल यो समस्या ‘आम’ छ । तर पनि यो समस्यालाई लिएर कयौ युवतीहरु त्रासमा रहने गर्छन् ।

थापाथलीस्थित प्रसुती गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार  अनुसार युवतीहरुको महिनावारी अनियमित हुनुमा गर्भावस्था मात्र एउटा कारण हुदैन । किनकी युवतीहरुमा यस्ता अनेकौ कारणहरु हुनसक्छ, जसका कारण उनीहरुमा यस्ता अनेकौ समस्याहरु निम्तने गर्छ ।

हुन पनि डाक्टरहरुको भनाईलाई विश्वास गर्ने हो भने मात्र पनि यो कुनै विमारी हैन । यदी समयमा उपचार गरे तथा खानपानमा विशेष ध्यान दिएको खण्डमा मात्र पनि यो समस्या तुरुन्तै कम गर्न सकिने अर्का स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. पदमराज पन्त बताउँछन् ।

भन्छन्, ‘महिलाहरुमा हर्मोनको गडबडी भएमा यो पनि यस्तो समस्या निम्तने गर्छ । र, यसको एउटै मात्र उपचार भनेको समयमा उपचार र खानपानमा विशेष ध्यान नै हो ।’ । महिलाहरुको तौल नियन्त्रण गरेर पनि यो समस्या कम गर्न सकिने उनको भनाई छ । उनका अनुसार महिलाहरुमा हर्मोन सम्बन्धि गडबडीकै कारण कहिलेकाही महिनामा दुई पटक सम्म पनि महिनावारी हुने गर्छ । जसका कारण शरीरबाट धेरै रगत खेर गई शरीर कमजोर हुने गर्छ । र, विभिन्न किसिमको चेकजाचद्धारा पनि यो समस्याको समाधान गर्न सकिन्छ ।

स्तनमा गाठागुठी देखिने

स्तनमा गाठागुठी आउने समस्या पनि युवतीहरुमाझ सामान्य हो । स्तनमा आउने गाठागुठीका कारण स्तनको स्पर्श गर्दा युवतीहरुलाई पिडा महसुस हुन्छ । यस्ता समस्या भएमा तुरुन्तै चिकित्सकसित परामर्श गरी समयमै उपचार गर्न सकिन्छ । किनकी स्तनमा गाठागुठी आउनुमा विभिन्न कारण हुनसक्छ ।

त्यसमध्यको एक स्तनको क्यान्सर पनि हो । स्तनको क्यान्सर भएमा पनि स्तन वरिपरि गाठागुठीहरु आउने गर्छ । पछिल्लो समय ३० देखि ५० वर्षका महिलाहरुमध्य स्तन क्यान्सरको जोखिम ४० प्रतिशतमा रहने गर्छ । स्तनमा गाठागुठीको समस्या लिएर अस्पताल आउने गरेको नेपाल क्यान्सर हस्पिटल तथा रिर्सच सेन्टर, हरिसिद्धीका ब्रेष्ट अन्कोप्लाष्टिक सर्जन डा. प्रफुल्ल शाक्य बताउँछन् ।

भन्छन्,’ वंशाणुगत कारण, हर्मोन रिप्लेसमेन्ट थेरापी, कम उमेरमा महिनावारी हुने, महिनावारी बन्द हुने समस्याका कारण पनि स्तन क्यान्सर हुनसक्छ । स्तन क्यान्सर भएमा स्तनमा गाठागुठी आउने, रगत, पिप बग्ने स्तनको आकारमा असामान्य वृद्धि हुने, स्तन सुन्निने गर्दछ’ ।

ल्युकेमिया

युवतीहरुमाझ ल्युकेमियाको समस्या पनि धेरै हुने गर्छ । ल्युकेमिया अक्सर त्यस्ता युवतीलाई हुन्छ, जो अरुको भित्री वस्त्र लगाउँछन् । साथै, आˆनो यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिदैनन् । ल्युकेमिया भएमा योनी -भेजाइना) बाट सेतो तथा चिल्लो गाढा पदार्थ निस्कने गर्दछ । जसका कारण शरीर कमजोर तथा शिथिल हुने गर्दछ । त्यसैले , यस्ता समस्या भएमा पनि तुरुन्तै चिकित्सकसित सम्पर्क गरी विना हिचकिचाटह चिकित्सकलाई बताउनु पर्दछ ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्)

आजकल पोलिसिस्टिक ओभरी सिन्ड्रोमको समस्या पनि महिला तथा युवतीहरुमाझ आम हुँदै गएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा हुने हर्मोन सम्बन्धि यो समस्या १८ देखि ४४ वर्ष उमेर समूहका महिलाहरुलाई बढी हुने गर्छ ।  अमेरिकामा मात्र प्रत्येक १० देखि १५ जना महिलामध्य एक जनामा यो समस्या रहेको पाइन्छ ।

पिसिओएस भएमा महिलाहरुको अण्डकोषमा ससाना फोका आउने गर्छ । यस्ता समस्या भएमा महिनावारी अनियमित हुनुका साथै पेट दुख्ने गर्छ ।

यदी कसैको महिनावारी अचानक अनियमित भएमा वा बन्द भएमा तुरुन्तै चिकित्सकसित परामर्श गर्नु पर्दछ ।

पेटको अल्ट्रासाउड गरेर युवती तथा महिलाहरुमा पिसिओएस भए, नभएको पत्ता लगाउन सकिन्छ ।

हुन त पिसिओएस् हुँदैमा आत्तिहाल्नु पर्दैन । समयमै सही उपचार गरेर पनि यो समस्या तुरुन्तै समाधान गर्न सकिन्छ ।

तर कयौ युवतीहरुमा यस्ता समस्या हुदाँहुदै पनि संकोचका कारण उनीहरु डाक्टर समक्ष यस्ता कुरा बताउन सक्दैनन् । जसका कारण उनीहरुमा बाझोपनाको खतरा बढ्ने इन्डाक्राइनोलोजिष्ट डा. अंशुमली जोशी बताउँछन् । भन्छन्,’बाझोपना पनि यस्तो, जहाँ अण्डकोषबाट अण्डा नै उत्पादन हुँदैन । महिलाहरुमा अण्डा उत्पादन हुने यस्तो प्रकि्रया हो, जसमा अण्डकोषले प्रत्येक महिना अण्डाको उत्पादन गर्छ, जुन पुरुषको शुक्रकि्रटको सम्र्पकमा आएको खण्डमा गर्भाधान हुन पनि सक्छ, नहुन पनि सक्छ ‘।

कुमारी अवस्थाको गर्भ

आजकलका युवायुवतीमा ‘लिभिङ्ग टुगेदर’को अवधारणा आम हुँदै गएको छ । लिभिङ्ग टुगेदर तथा लिभ इन रिलेसिनसिपकै कारण कयौ युवतीहरु विहे अघि नै गर्भवती हुने गर्छन् ।

र, गर्भपात गर्ने चक्करमा जथाभावी औषधीको प्रयोग गर्न समेत हिच्किचाउँदैनन् । जबकी चिकित्सकको परामर्श विना सेवन गरिएको यस्ता औषधीले युवतीहरुमा जटिल समस्याहरु निस्किन सक्छ । उनीहरुको ज्यान समेत जान सक्छ । त्यसैले, यदी कसैमा यस्ता भएमा विना चिकित्सकलाई आˆनो सबै समस्या हुबहु बताउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment