Comments Add Comment

सिद्धार्थ बैंकको एकैसाथ ६ नयाँ शाखा

२५ असार, काठमाडौं । सिद्धार्थ बैंकले सोमबार कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर, र कास्कीको लेखनाथमा गरी एकैपटक ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरुमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको सञ्चालन हुनुका साथैै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिनेछ ।

यी शाखाहरुको सञ्चालन सँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment