Comments Add Comment

ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा सय पुग्यो


२५ असार,काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या सय पुगेको छ आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्गा पार गरेको हो ।

बैंकले सोमबार एक समारोहकाबीच सुनसरी जिल्लाको बराह नगरपालिका- ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो ।

उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरे । बैंकले ज्येष्ठ नागरिक प्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट उद्घाटन गरेको हो ।

ग्लोबल आइएमई बैंकले २०६९को असार २० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेर उक्त सेवाको सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment