Comments Add Comment

ब्रिटेनमा राजनीतिक संकट

प्रधानमन्त्री थेरेसा मे

२६ असार, काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ ।

ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् ।

ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषदमा मतभेद चुलिएको छ । ब्रिटेन युरोपेली संघबाट अलग हुने दिन नजिकिइरहेको बेला प्रधानमन्त्री थेरेसा मेलाई राजनीतिक दबाव बढेको छ ।

यही बेला ब्रेक्जिटको क्याम्पेनलाई नजिकबाट नियाल्दै आएका र मन्त्रिपरिषदमा दोस्रो बरियतामा रहेका विदेशमन्त्री बोरिस जोनसनको समेत राजीनामाले प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको टिप्पणी भइरहेको छ ।

२०१६ मा ब्रिटेनमा थेरेसा मे सरकारले जनमत संग्रहमार्फत् युरोपेली संघबाट बाहिरिने निर्णय गरेको थियो । यही निर्णयअनुसार २८ सदस्यीय युरोपेली संघबाट ब्रिटेन २९ मार्च २०१९ मा अलग हुँदैछ । तर अझै पनि ब्रेक्जिटपछि ब्रिटेन र युरोपेली युनियनबीचको व्यापार कसरी हुन्छ भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment