Comments Add Comment

सर्वेक्षणः ६२ प्रतिशत महिलालाई सेक्स गर्दा पार्टनरको यस्तो व्यवहार मनपर्छ

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई अनेक लान्छना लगाइन्छ । त्यसैले पनि महिलाहरु यौन वा सेक्सको बारेमा त्यति खुल्दैनन् । यौनको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् ।

यस्तोमा तपाईं आफ्नो पार्टनरसँग बेडमा एक गरमागरम समय बिताउँदै हुनुहुन्छ भने आफ्नो पार्टनरलाई बेडमा के कुराले अझै बढी आनन्द दिन्छ भन्ने कुरा थाहा भएमा तपाईले आफ्नो यौन जीवनलाई अझै रोमाञ्चक बनाउन सक्नुहुन्छ ।

यौनको विषयमा सबैको फरकफरक रुची र चाहना हुन सक्छ तर, यस विषयमा हाम्रो समाजमा पति पत्नी वा यौनसाथीहरु एक आपसमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । अझै महिलाहरु त झनै यसबारेमा कुरा गर्दा लाजले रातो पिरो हुन्छन् ।

तर, समयक्रमसँगै हाम्रो समाज विस्तारै परिवर्तन भइरहेको छ । विस्तारै मानिसहरु इन्टरनेटको माध्यमबाट भएपनि आफ्नो यौन जीवन र रुचीको बारेमा खुल्न थालेका छन् ।

यस्तैमा एक अनलाईन डेटिङ साइटले गरेको एक सर्वेक्षणका अनुसार यौनको विषयमा रोचक र अचम्मको तथ्यहरु अगाडि आएको छ । सर्वेक्षणमा महिलाहरुलाई सेक्सगर्दा के कुराले अझै बढी उत्तेजित बनाउँछ वा उनीहरुलाई के गर्न मनपर्छ भनेर सोधिएको थियो ।

सर्वेक्षण अनुसार यसमा सहभागी ६२ प्रतिशत युवतीहरुले उनीहरुलाई सफ्ट सेक्स भन्दा पनि रफ सेक्स मन पर्ने खुलासा गरेका छन् । परम्परागत किसिमको सेक्स भन्दा पनि सेक्सको समयमा विभिन्न नयाँ नयाँ परिक्षणहरु मनपर्ने उनीहरुले बताएका छन् ।

यसको साथै सर्वेक्षणबाट महिलाहरुको सेक्ससँग जोडिएका अन्य कैयौं रोचक कुराहरु अगाडि आएको छ । यसले युवतीहरु अब सेक्सको विषयमा खुलेर आफूलाई मन पर्ने र नपर्ने कुरालाई व्यक्त गर्न थालेका छन् भन्ने कुरा प्रष्ट पारेको छ ।

सर्वेक्षणबाट के के खुलासा भयो ?

क्युपिड नामक उक्त डेटिङ वेवसाइटका अनुसार सेक्सलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेको छ । वेवसाइटका अनुसार करिब ४ लाख मानिसहरु यस साइटमा जोडिएका छन् ।

यी सबै सदस्यहरुमध्ये ५२ प्रतिशत महिला सदस्यहरुले उनीहरुलाई रफ सेक्स मनपर्ने कुरा व्यक्त गरेका छन् । सेक्स गर्दा जब उनीहरुको पार्टनर रोमाञ्चकताको लागि उत्तेजित हुन्छन् र नयाँ प्रयोग गर्छन् भने त्यसले उनीहरुलाई अझै उत्तेजित बनाउँछ ।

महिलाहरुले यस्तो मनपराउँछन्

सर्वेक्षणका अनुसार रफ सेक्समा सबैभन्दा पहिले युवतीहरुलाई पुरुष साथीले कपाल तानेको मन पर्छ । शारीरिक सम्बन्ध भइरहेको समयमा यदि पार्टनरले उनीको कपाल तानिदिएमा भने यसले उनीहरुको मुडलाई अझै रमाइलो बनाइदिन्छ र आनन्द महसुस गर्छन् ।

महिलाहरुलाई बेडमा पुरुष पार्टनरले  नियन्त्रण गरेको धेरै मन पर्छ । जब पार्टनरले सबैकुरा आफ्नो हिसाबले गर्न थाल्छन् र केहि नयाँ प्रयोग गर्न थाल्छन् त्यतिखेर युवतीहरु खुसी हुन्छन् ।

नयाँ नयाँ सेक्स पोजिसनमा सेक्स गर्दा र नयाँ तरिकाले सेक्स गर्दा उनीहरु अझै रोमाञ्चित हुन्छन् ।

यी कुराहरु पनि मन पर्छ

सेक्स गर्दा पुरुष पार्टनरले महिलाहरुलाई कुनै चीजले बाँध्ने, फोहरी कुरा गर्ने र शरीरको कुनै भागमा टोक्ने जस्ता रफ र वाइल्ड कार्यहरु पनि महिलाले मनपराउने कुरा सर्वेक्षणले पत्ता लगाएको छ ।

यो सर्वेक्षणमा भाग लिने महिला सदस्यहरुले अन्य कैयौ प्रश्नहरुको जवाफ दिएका छन् र सेक्सको बारेमा कुरा गर्न आफै अग्रसर भएका छन् । उनीहरुले खुलेर आफ्नो इच्छाहरुलाई व्यक्त गरेका छन् ।

तर, कैयौ पटक भने सेक्सको बारेमा आफ्नो रुची र आवश्यकता व्यक्त गर्न कहिलेकाँही भने उनीहरु असक्षम हुन्छन ।

विज्ञहरु के भन्छन् ?

विज्ञहरुका अनुसार पुरुष पार्टनरले शारीरिक सम्बन्धको समयमा महिला पार्टनरलाई दाँतले टोकेमा युवतीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले सेक्सबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

विज्ञहरुका अनुसार आजकालको युवतीहरुमा रफ सेक्सको चलन विस्तारै विस्तारै बढ्दै गएको छ र पनि समयसँगै उनीहरुको सेक्सको रुची धेरै हदसम्म बदलिँदै गएको छ ।

तर, यो जरुरी छैन कि हरेक महिलाले रफ सेक्सलाई मनपराउँछन् । त्यसैले यदि तपाई केहि प्रयोग गर्न चाहनुहुन्छन आफ्नो पार्टनरसँग एकपटक राम्रोसँग कुरा गरेर मात्रै त्यस्तो प्रयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment