Comments Add Comment

विद्यालयको कडा नियम, छात्राहरुले किन सेतो रंगको भित्रीवस्त्र लगाउनैपर्ने ?

हामीलाई थाहा छ, विद्यालयको आफ्नै ड्रेसकोड हुन्छ । त्यस्ता ड्रेसकोडको साइनो विद्यार्थीको अनुशासन र विद्यालयको पहिचानसँग हुनेगर्छ । अहिले सरकारी कार्यलय तथा कतिपय निजी संस्थामा पनि ड्रेसकोडको व्यवस्था गरिएको छ ।

तर, छिमेकी भारतको एक विद्यालयको कथा बेग्लै छ । कथा हो, पूणेस्थित एक विद्यालयको, जसले वाहिरी ड्रेसकोड मात्र होइन भित्री बस्त्रको रंग पनि निर्धारण गरिदिएको छ । यो सर्त केवल छात्राहरुका लागि मात्र हो । विद्यालयमा अध्ययनरत छात्राहरुले खास रंगको भित्रीबस्त्र मात्र लगाउनुपर्ने निर्देशिका जारी गरिएको छ ।

भित्री बस्त्रको रंग तोकेपछि 

यो कुरा सुनेर तपाईलाई अचम्म लाग्यो होला तर, भारतको पूणेस्थित एमआइटी ग्रुपले सञ्चालन गरेको विश्वशान्ती गुरुकुलले छात्राहरुलाई सेतो वा छालाको रंग -स्किन कलर)को भित्रीवस्त्र मात्रै प्रयोग गर्न भनेको छ ।

विद्यालयको डायरीमा लेखिएको यो नियम प्रष्टसँग लेखिएको छ र अभिभावकलाई यसमा सहि गर्न भनिएको छ । नियम उंल्लघन गर्नेलाई जरिवाना तिराइने पनि बताइएको छ ।

यतिमात्रै होइन विद्यालयले बालबालिकाहरुलाई निश्चित समयमा मात्रै ट्वाइलेट जान दिइने बताएको छ ।

अभिभावकको विरोध

यस विषयले भारतमा ठूलो विवाद निम्त्याएको छ । विद्यालयको यस्तो उर्दीपछि अभिभावकहरु आक्रोशित भएका छन् । उनीहरुले विद्यालय प्रशासनको खुलेर विरोध गरेका छन् ।

विद्यालयले बलपूर्वक अनावश्यक नियम बनाएको भन्दै यसलाई परिवर्तन गर्न अभिभावकहरुले माग गरेका छन् । उनीहरुले बेतुकको नियम बनाएको भन्दै विद्यालय प्रशासनलाई कारबाही गर्न शिक्षा विभागमा निवेदन दिएका छन् ।

विद्यालय प्रशासनः बालिकाको सुरक्षाको लागि

तर, विद्यालय प्रशासनले भने यो नियम बालिकाहरुको सुरक्षाको लागि बनाएको भन्दै परिवर्तन नगर्ने बताएको छ ।

विद्यालयको कार्यकारी निर्देशक सुचित्रा करद नागरेले भन्छिन्, ‘विद्यालयको सेतो पोशाक भित्र रंगिन भित्री वस्त्र लगाउँदा छात्राहरुलाई जिस्क्याइएको र लज्जित बनाइएको गुनासो धेरै आएकाले यस्ता नकरात्मक अनुभवबाट बँच्न यो नियम ल्याइएको हो ।’

उनका अनुसार सबै अभिभावकलाई एक-एक गरेर यो नियमको बारेमा भन्न गाह्रो भएकाले विद्यालयले डायरीमै यसलाई उल्लेख गरेको हो । विवाद बढेपछि पुणे म्युनिसिपल कर्पोरेसनले यस विषयमा छानबीन गर्न शिक्षा बोर्डलाई निर्देशन दिएको छ ।

ट्वाइलेट जान पनि गाइडलाइन

विद्यालय प्रशासनले भित्रीवस्त्रको रंग जारी गर्नका साथै विद्यालयमा छात्राका लागि २० देखि २२ जटिल नियम जारी गरेको छ । यस नियम अनुसार बच्चाले पटक पटक ट्वाइलेट प्रयोग गर्न नपाउने भनिएको छ । त्यतीमात्र कहाँ हो र ? यसका लागि अभिभावकलाई एक सपथपत्रमा समेत हस्ताक्षर गराइएको छ र यदि विद्यालयको नियम उल्लंघन गरेमा फौजदारीसम्मको कारवाही गराउने चेतावनी दिइएको छ ।

सेनेटरी प्याडको प्रयोग

यसका साथै यदि सेनेटरी प्याड सही ढंगले डस्टबिनमा राखिएन भने भारु पाँच सय रुपैयाको जरिवाना लिइनेछ । अभिभावकले सफाई खर्च पनि व्यहोर्नुपर्नेछ । छात्राको स्कर्टको लम्बाई घुँडासम्म हुनुपर्ने बतायएको छ । छात्रालाई कुनैपनि किसिमको मेकअप गर्न मनाही गरिएको छ । – एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment