Comments Add Comment

संसदीय सुनुवाई समितिको कार्यविधि बनाउन उपसमिति गठन

२६ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकका लागि कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको पनि जेष्ठ सदस्य कर्णले बताए ।

संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार सदस्य स्वीकृत गरेको थियो । जसमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

त्यस्तै राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाईं र जीतेन्द्र देव रहेका छन् । संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment