Comments Add Comment

निजी क्षेत्रको विश्वासः न्यूनतम् तलवसँगै उत्पादकत्व पनि बढ्छ


२६ असार, काठमाडौं । उद्येगीहरुले नयाँ तोकिएको न्यूनतम् पारिश्रमिकले देशभित्र उत्पादकत्व बढाउने विश्वास व्यक्त गरेका छन् । हाल सार्कमै न्युन रहेको उत्पादकत्व बढाउन नयाँ पारिश्रमिकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका संयोजक चन्द्र ढकालले यसले नेपालका औद्योगिक तथा व्यवसायिक वातावरण थप सुदृढ बन्ने बताए ।

सरकारले ९ हजार ७ सय रुपैयाँ रहेको न्यनतम् पारिश्रमिक १३ हजार ४५० रुपैयाँ पुर्‍याएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिको सिफारिसअनुसार साउन १ गतेबाट यो नयाँ न्यूनतम् पारिश्रमिक लागू हुनेछ ।

‘हामीले निकै लामो नेगोसियनपछि यसलाई टुंगोमा पुर्‍यायौं । सरकारले यो भन्दा निकै ठूलो मात्रामा पारिश्रमिक वृद्धि गर्न चाहेको थियो । तर, विभिन्न आधारहरुबाट हेर्दा यसभन्दा माथि जान सकिने अवस्था थिएन,’ उपाध्यक्ष ढकालले भने,’यो निकै महत्वपूर्ण यसअर्थमा छ कि हामीले इतिहासमै सबैभन्दा कढी पाश्रििमक एकसाथ बढाएका छौं ।’

ढकालले ऊर्जा संकटको समाधान भएको र रोजगारदाता र मजदुरबीचको श्रम समबन्ध सुध्रँदै गएको र देशमा राजनीतिक स्थिरताको प्रत्याभुति भएकाले मात्रै यतिको वृद्धि गर्न सकिएको बताए ।

‘मजदुर साथीहरुलाई यो पारिश्रमिकले दशेभित्रै काम गर्न पनि प्रोत्साहन गर्नेछ । मजदुरको उत्साहले उत्पादकत्व पनि बढाउनेछ । यो न्यनतम् पारिश्रमिक भएकाले समान्य मजदुरी गर्नेले पनि देशभित्रै मिहिनेत गर्ने वातावरण देख्नुहुनेछ,’ ढकालले भने ।

उनले यसले समग्र अर्थतन्त्रमै यसले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । अर्थतन्त्र सबल हुँदै गएमा देशभित्र श्रम गर्ने वातावरण पनि थप राम्रो बन्ने भन्दै ढकालले औद्योगिक विकासका लागि नयाँ न्युनतम् पारिश्रमिक कोशेढुंगा हुने बताए ।

‘यो नयाँ व्यवस्थाले आउटपुट पनि सकारात्मक दिने छ । मजदुरहरुलाई मानोवोचित जीवन बाँच्न सहज हुनेछ,’ ढकालले भने,’यसको लाभ समग्र अर्थ व्यवस्थाले पाउनेछ ।’

उनले यसकै कारण वैदेशिक लगानी पनि भित्रिने विश्वास व्यक्त गरे । आन्तरिक रुपमा हुने लगानीलाई पनि उत्पादकत्वको वृद्धिले प्रोत्साहन मिल्ने ढकाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment