Comments Add Comment

रेखा थापाले जन्माएका फ्लप हिरोः सविनदेखि किशोरसम्म


पहिले-पहिले नायिका रेखा थापालाई नेपाली चलचित्रकी ‘लेडिज हिरो’ भनिन्थ्यो । उनले खेलेका चलचित्रमा हिरोको खासै काम नहुने भएकाले यसो भनिएको हो ।

रेखा अभिनयसँग चलचित्र निर्माणमा पनि सक्रिय रहिन् । प्रोड्यूसरका रुपमा आफूले थुप्रै स्टार हिरोहरु जन्माएको रेखाले दावी गर्ने गर्छिन् । नायक आर्यन सिग्देललाई उनले पहिलोपटक आफ्नो चलचित्रमा मौका दिएकी हुन्, जो पछि ठूला स्टार बने । निखिल उप्रेती, विराज भट्टलाई समेत आफूले नै ‘स्टार’ बनाएको दाबी रेखाले गर्ने गरेकी छन् ।

तर, रेखाले जन्माएका सबै नायक स्टार बनेका भने छैनन् । धेरै, नायक त असफलसमेत भएका छन् । उनको फिल्मबाट डेब्यू गरेका सविन श्रेष्ठ अहिलेका फ्लप नायक हुन् । धेरै चलचित्रमा देखिए पनि सविनले स्टारडम हासिल गर्न सकेनन् । रेखाको चलचित्र ‘अन्दाज’बाट सविनले चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।

नायक किशोर खतिवडा पनि चलेनन् । किशोर नायिका थापाले अभिनय गरेका सबैभन्दा धेरै चलचित्रमा देखिने गर्दथ्ये । किशोरले अहिले पनि चलचित्रमा काम त गरिरहेका छन्, तर उनको बजार भ्यालु छैन भन्दा पनि हुन्छ । रेखाको ब्रान्डबाट भित्रदा पनि किशोरलाई दर्शकले पत्याएनन् ।

रेखाले आफ्नै दिदीका छोरा आभाष अधिकारीलाई चलचित्र रामप्यारी मार्फत चलचित्र क्षेत्रमा भित्र्याइन् । तर, आभाषका लागि रामप्यारी नै पहिलो र अन्तिम फिल्म बन्न पुग्यो । आभाषमाथि अरु निर्माताले लगानी गर्ने आँट गरेनन् ।

अहिले निर्माणाधीन फिल्म ‘मालिका’ बाट भने रेखाले कुनै हिरो जन्माउने चेष्टा गरिनन् । बरु कर्णालीकी एक गाउँले बालिकालाई हिरोइनका रुपमा डेब्यू गराएकी छिन् । उनले यो प्रयोग कति सफल हुन्छ भविष्यमा थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment