Comments Add Comment

हाम्रो ध्यान विश्वकप उपाधिमा छ : डी ब्रुयन

२६ असार, काठमाडौं । बेल्जियम टिमका मिडफिल्डर केभिन डी ब्रुयनले रसियामा विश्वकप जित्ने योजनामा मात्रै आफूहरुको ध्यान केन्द्रित रहेको बताएका छन् ।

सेमिफाइनलमा फ्रान्ससँग मंगलबार राति पौने १२ बजे हुने खेलमा मात्रै नभएर आफूहरुको ध्यान उपाधिमै केन्दि्रत रहेको डी ब्रुयनले बताएका हुन् । बेल्जियम रसिया विश्वकपको सेमिफाइनलसम्म निकै उत्कृष्ट रुपमा आइपुग्यो । प्रशिक्षक, खेलाडीसँगै समर्थक पनि खेलबाट सन्तुष्ट छन् ।

‘हाम्रो ध्यान विश्वकप जितमा केन्दि्रत भएको छ । विश्वकप हरेक दिन हुने कुरा होइन । राम्रै भइरहे पनि जीवनमा दुई/तीन पटक सहभागी भइएला । यसैले यसको महत्व ठूलो छ’ डी ब्रुयनले भने, ‘मैले दबाव महसुस गरेको छैन । महत्वपूर्ण खेलहरु खेल्ने उत्साह भने छ ।’

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलाडीहरुको क्षमता बुझेर उनीहरुलाई खुलेर खेल्ने अवसर पनि दिइरहेका छन् । डी ब्रुयनले आफूले म्यानचेस्टर सिटीमा रहँदा प्रशिक्षक पेप गार्डिओलाबाट पनि निकै सिकेको बताएका छन् ।

‘गार्डिओलाले मेरो खेल क्षमता बढाउन निकै काम गरे । उनले फुटबललाई सजिलो बनाइदिए । राष्ट्रिय टिममा हामी फरक कामहरु गरीरहेका छौं’ उनले भने, ‘तर पनि हाम्रो धेरै कुरा म्यानचेस्टर सिटीसँगै मिल्छ । बेल्जियन टिममा पनि हामी पोसेसन बनाएर अट्याकमा जान रुचाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment