Comments Add Comment

थिएरी हेनरीः बेल्जियम टिमको मनोवैज्ञानिक हतियार

काठमाडौं । फ्रान्सबाट विश्व फुटबलमा इतिहास बनाएका लिजेण्ड खेलाडी थिएरी हेनरी रसिया विश्वकपमा बेल्जियम टिमको सहायक प्रशिक्षक छन् ।

 फ्रान्सबाट १९९८ मा विश्वकप जितेका हेनरी अहिले बेल्जियम टिमसँग जोडिएर उपाधिको नजिक छन् ।

 फ्रान्स राष्ट्रिय टिमबाट ५१ गोल गरेका पूर्वस्ट्राइकर हेनरीले आˆनो देशको समर्थन र माया रहँदा रहँदै पनि विश्वकप उपाधिमा आˆनो सबै कला यसपटक बेल्जियम टिमबाट देखाइरहेका छन् । विश्वकपको सेमिफाइनलमा मंगलबार राति पौने १२ बजे बेल्जियम र फ्रान्सबाट नै खेल्दै छन् ।

सन् १९९८ मा विश्वकप जित्दा हेनरी २० वर्षका मात्रै थिए, जसमा तीन गोल गरेका उनी फ्रान्सको टिमका उच्च गोलकर्ता पनि बने ।क्वाटरफाइनलमा इटालीसँगको टाइब्रेकरमा पनि उनले उत्कृष्ट गोल गरेका थिए ।

विश्वकप विजेताको रुपमा सन् २००२ मा सहभागी हुँदा भने हेनरीसँगै फ्रान्स टिम समूह चरणमा नै निराश बनेको थियो । त्यसबेला अप्रत्यारिलो रुपमा सेनेगलसँग पराजित भएको फ्रान्सले एउटै गोल गर्न सकेन ।

२००६ मा फ्रान्स टिमले पुरानै खेल देखायो । फाइनलसम्म पुगेको फ्रान्स टिममा हेनरी त्यसपटक पनि चम्किएका थिए, जसमा उनले तीन गोल गरेका थिए । फाइनलमा भने फ्रान्स इटालीसँग टाइब्रेकरमा पराजित भयो ।

२००६ पछि फेरि फ्रान्स टिमको निराश बन्ने विश्वकप आएको थियो । २०१० को विश्वकपमा हेनरीले सबै गरेर जम्मा ५३ मिनेट खेल्न पाएका थिए । उरुग्वेसँग गोलरहित बराबरी खेलेको फ्रान्स मेक्सिको र दक्षिण अफ्रिकासँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।

हारपछि आफूले सबैबाट अपमानित महसुस गरेको हेनरीले त्यसबेला बताएका थिए । ‘म सबैको दाइका रुपमा उनीहरुलाई साथ दिन सक्थेँ । तर उनीहरुले जसरी मसँग पहिले कुराकानी गर्थे, त्यो पनि गर्न छाडे । जब टिममा विश्वसनीय हुँदैन, तब अप्ठ्यारो हुने रहेछ’ उनले भनेका थिए ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको केही समयमै उनी फुटबलको ठूलो अवसरमा लागे । यसपटक फ्रान्सको निलो जर्सीमा नभई प्रशिक्षकको रुपमा उनी बेल्जियमको रातो जर्सीमा देखिए । रोबर्टो मार्टिनेजको सहायकको रुपमा उनले काम गरिरहेका छन् ।

उनको काम गर्ने शैलीबाट मार्टिनेज पनि प्रभावित छन् । ‘मलाई उनको सबैभन्दा मनपर्ने कुरा उनी खेलाडीलाई राम्ररी कुरा बुझाउँछन् । आफ्ना अनुभवहरु साट्छन् । थिएरी हाम्रो मनोवैज्ञानिक हतियार हुन्’ मार्टिनेजले भनेका छन् ।

बेल्जियम टिमका स्ट्राइकर रोमेलु लुकाकु पनि हेनरीमा उत्कृष्ट क्षमता रहेको बताउँछन् । ‘जबदेखि हामी नजिक भएर काम गर्न थाल्यौँ, उनको क्षमताबाट ममा पनि निखार आएको छ । उनले सिकाएका कुराहरु राम्ररी बुझिन्छ । खेलका सबै पक्षका बारेमा उनी राम्ररी बताउँछन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment