आइतबार, ६ साउन, २०७५
OnlineKhabar.com
Suzuki

दक्षिण अफ्रिकामा मृत्यु भएका श्रेष्ठको परिवारलाई तीन लाख

Suzuki

२६ असार, स्याङ्जा । रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो ।

दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो ।

‘२७ वर्षको अल्पायुमै विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेका छौं’ पहलकर्ता पन्तले भने, ‘यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएको छु ।’

झण्डै तीन महिनाअघि विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याई पुर्‍याउन तीन साता लागेको थियो ।

२०७५ असार २६ गते १७:०१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this