Comments Add Comment

डा. केसीको उपचारका लागि अर्को टोली पठाउने सरकारको तयारी

२६ असार, काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि अर्को टोली जुम्ला पठाउने तयारी गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार छ ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य राम्रो नरहेको बताए ।
न्याम्समार्फत डाक्टरको टोली पठाएको तर, डा. केसीले उपचार नलिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘पहिले पठाएको टोली बदलेर गंगालाल, न्याम्सको अर्को टोली पठाउन गृहकार्य गरेको छु । अप्ठ्यारो के छ भने डाक्टरसा’ब यहाँबाट पठाएको टोलीको उपचार नै लिन्नँ भनेर बस्नुभएको छ ।’
जुम्लामा टोली पठाउनुभन्दा काठमाडौंमा ल्याएर उपचार गर्नु राम्रो हुने उनले बताए । त्यसका लागि वातावरण बनाउन विपक्षीलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment