Comments Add Comment

भानु जयन्तीको अवसरमा वेलायतमा गीत लेखन गोष्ठी

१० जुलाइ, वेलायत ।  २०५ औं भानु जयन्तीको अवसरमा वेलायतमा गीत लेखन गोष्ठी आयोजना गरिएको छ । ८ जुलाइ २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी गरेको हो ।

कार्यक्रममा नेपालबाट आएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिएका थिए ।

आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासङ्घ स्थापनाको ८ औं वर्षगाँठ साथै २०५ औ भानु जयन्ती मनाएको हो ।

आदिकवि भानभक्तको बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले चर्चा गरेका थिए । विश्व सम्मेलनको बारेमा सम्मेलन सहसंयोजक विजय हितानले आयोजक तथा ब्यवस्थापक समिति विस्तार गरी ५७ बनाइएको जानकारी दिए ।

साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेलाले स्थापना दिवसको शुभ कामना साथै विश्व सम्मेलनको निम्ति जोडतोडले देशविदेशमा तयारी भइरहेको साथै उक्त सम्मेलन सम्पन्न गर्न सबैलाई साथ सहयोग गर्न आव्हान गरे ।

प्रशिक्षक रहेका भुमरीको जीवनी बारेमा अमित थेवेले प्रकाश पारेका थिए भने साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो ।

कार्यक्रमको सहजिकरण महासचिव थीर थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment