Comments Add Comment

इंग्ल्याण्डका समर्थकलाई संयमित हुन चेतावनी


२६ असार, काठमाडौं । विश्वकपका बेला संयमित रहन प्रहरीले इंग्ल्याण्डका समर्थकलाई चेतावनी दिएको छ ।

विश्वकप क्वार्टरफाइनलमा इंग्ल्याण्ड र स्वीडेनको खेलका बेला इंग्ल्याण्डमा कानुन विपरीत ३ सय ८७ घटना भएका थिए । जसमा ७० जनालाई प्रहरीले पक्राउ गरेको थियो । यसैले विश्वकपका बेला संयमित रहन प्रहरीले समर्थकहरुलाई चेतावनी दिएको हो ।

प्रहरीको भनाइअनुसार विशेष गरी रक्सीले मातेका समर्थकहरुले भाडभैलो मच्चाउने गरेका छन् ।

स्वीडेनसँगको खेलपछि केही समर्थकले त लण्डन ब्रिजमा रहेको एक एम्बुलेन्स नै तोडफोड गरेका थिए । साथै सडक अवरुद्ध पारेर होहल्ला गर्ने, बस, कारको छतमा चढेर उफ्रिने, ट्याक्सी तोडफोड गर्ने जस्ता घटना भएका थिए ।

प्रहरीले क्रोएसियासँगको सेमिफाइनल खेलका बेला पनि यस्तै खालका घटना घट्न सक्ने खतरा रहेकाले सचेत पारिएको बताएको छ ।
इंग्ल्याण्ड र क्रोएसियाबीचको खेल बुधबार राति पौने १२ बजे हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment