Comments Add Comment

विश्वकप सेमिफाइनल टिमलाई आप्रवासीको भर

विश्वकपमा अफ्रिका कमजोर कि बलियो ?

२६ असार, काठमाडौं । फुटबलका महान खेलाडी पेलेले धेरै पहिले एउटा भविष्यवाणी गरेका थिए, ‘२१ औं शताब्दी अघि नै कुनै अपि|mकन देशले विश्वकप जित्नेछ ।’

उनले भनेको जस्तो अहिलेसम्म देखिएको छैन । यस पटकको विश्वकपमा त झनै सन् १९८२ पछि पहिलोपटक कुनै पनि अफ्रिकी टिम नकआउट चरणमा प्रवेश गर्न सकेनन् ।

यस निराशाले विश्वकपमा भाग लिएका इजिप्ट, मोरक्को, नाइजेरिया, सेनेगल र ट्युनिसियाका समर्थकहरुलाई अझै पनि सताइरहेको छ ।

तर, मंगलबार फ्रान्स र बेल्जियमबीच हुने खेलमा फ्रान्स आप्रवासीहरुका छोराहरुले नै विश्व फुटबलको शिखरमा युरोपेली फुटबललाई लैजान महत्वपूर्ण भूमिका खेल्नेछन् ।

यो खेलमा सहभागी हुने डिडियर डेसच्याम्प्स र रोबर्टो मार्टिनेजको टिमका ४६ मध्ये २३ खेलाडीहरु अर्थात ५० प्रतिशत खेलाडीको पुर्खा अफ्रिकी हुन् ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टका अनुसार फ्रान्समा कुल जनसङ्ख्यामध्ये ६.८ प्रतिशत र बेल्जियममा १२.१ प्रतिशत आप्रवासीहरु रहेका छन् । त्यसमध्ये फ्रान्सको टिमको ७८ प्रतिशत खेलाडी आप्रवासी मुलका हुन् भने बेल्जियमका ४७ प्रतिशत आप्रवासी मुलका खेलाडी छन् । त्यसैले यो आश्चर्यजनक आँकडाले एकीकरण कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

फ्रान्सलाई सफलतातिर डोर्‍याउने केलियन एमबाप्पे क्यामरुनी पिता र अल्जेरियन आमाका सन्तान हुन् । उनका विभिन्न देशबाट आएका टिमका साथीहरुले फ्रान्समा यदाकदा सुनिने कट्टरताको बलियो जवाफ खेलमार्फत दिएका छन् ।

तर, यदि फ्रान्सका केही आलोचकहरु उत्कृष्ट प्रदर्शनले चुप भएका छन् भने बेल्जियममा अहिलेसम्मको कथा अर्कै छ ।

‘जब सबै कुराहरु ठीकै थिए अखबारहरुले मलाई बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु लेखेका थिए’ म्यानचेस्टर युनाइटेडका यी फरवार्डले अघिल्लो महिना प्लेयर्स टि्रब्युनको एक लेखमा भनेका थिए, ‘जब केही ठीक थिएन त्यतीखेर उनीहरुले मलाई रोमेलु लुकाकु, कङ्गोली मुलका बेल्जियन स्ट्राइकर लेखेका थिए ।’

यो टिममा सात खेलाडीहरुको जरो पूर्व बेल्जियन उपनिवेशसँग जोडिएको छ, लुकाकु र कङ्गोली कुटनीतिज्ञ पिएरेका पुत्र भिसेन्ट कोम्पनी त्यस समूहको अग्रणी व्यक्ति भएका छन् । जसले इतिहासमा धेरै दुःख झेलेका थिए ।

किशोर पेलेले सन् १९५८ मा स्वीडेनलाई हराउँदै ब्राजिलको नायक बन्दा विश्वकप ब्रसेल्सले आयोजना गरेको थियो । युद्धपछि युरोपेली देशहरुले प्राप्त गरेको उपलब्धीहरुको खुसीयाली मनाउन आयोजना गरिएको यो विश्वकप २०० दिनसम्म चलेको थियो ।

यसमा ६०० कङ्गोली मुलका पुरुष, महिला र बालबालिका सम्मिलित समूहले एक प्रस्तुती दिएका थिए । प्रस्तुतीमा उनीहरुले गाउँ जस्तो बनाइएको सेटमा आफ्नो मुलको अवस्था चित्रित गर्ने प्रस्तुति दिएका थिए । त्यसलाई विश्वको अन्तिम मानव चिडियाघरको रुपमा वर्णन गरिएको थियो ।

दोस्रो विश्वयुद्धको अन्त्यमा बेल्जियमको सीमाभित्र जम्मा १० जना कङ्गोली मानिसहरु रहेका थिए । तर, अहिले यो सङ्ख्या ४० हजार नाघेको छ ।

बेल्जियमले पछिल्ला समयमा आएका आप्रवासीहरुलाई एकीकृत गर्ने उद्देश्यले राष्ट्रिय कार्यक्रमको रुपमा फुटबललाई प्रयोग गरेपछि फुटबलको जरैदेखि परिवर्तन भएको छ र शताब्दीको सुरुवातसँगै बेल्जियमको स्वणिर्म पुस्ता उदाएको छ ।

उनीहरुका खेलाडीहरु धेरैजसो विदेशी लिगमा आधारित छन् । जसमा एन्डरलेच्टका लिन्डर डेन्डोन्करले मात्रै जुपियर लिगको प्रतिनिधत्व गरेका छन् ।

फ्रान्सको स्थिति भने ठ्याक्कै उल्टो छ । उसका नौ खेलाडीहरु लिग वानबाट खेल्छन् जुन १९९८ को विश्व विजेता टिम भन्दा एक मात्रै कम हो ।
त्यस्तै अब सेमिफाइनलको लागि रुसमा बाँकी भएका ९२ मध्ये ४० जना जना खेलाडी पि्रमियर लिगका छन् भने त्यसपछि दोस्रोमा ला लिगा खेल्ने १२ जना खेलाडी छन् ।

सेमिफाइननल खेल्ने क्रोयसियाका धेरैजसो खेलाडीहरु आफूले प्रतिनिधित्व गरेको देश बाहिर जन्मिएका हुन् । जसमा १५.४ प्रतिशत आप्रवासीका छोराछोरी छन् ।

स्वीट्जरल्याण्डमा जन्मिएका इभान र्‍याकिटिक र अस्टि्रयामा हुर्केका माटियो कोभासिक दुवै आफ्नो देशको लागि धेरै महत्वपूर्ण छन् । अझै रोचक कुरा त जम्मा ४० लाख जनसङ्ख्या भएको देशले विश्वको धेरै ठूला देशहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

यो विश्वकप खेल्ने करिब १० प्रतिशत खेलाडीहरु आफूले प्रतिनिधित्व गर्ने देशबाहिर जन्मिएका थिए । मोरक्कोका खेलाडीहरु सबैभन्दा धेरै ६१ प्रतिशत देशबाहिर जन्मिएका थिए भने बेल्जियम, फ्रान्स र इंग्ल्याण्ड औसत भन्दा तल छ ।

ग्यारेथ साउथगेटको टिममा रहिम स्टर्लिङमात्रै इंग्ल्याण्ड बाहिर जन्मिएका हुन् तर, ४७.८ प्रतिशत खेलाडीहरु आप्रवासीका बच्चाहरु हुन् । यसले इंग्ल्याण्डलाई सबैभन्दा धेरै जातीय विविधतायुक्त टिम बनाएको छ । जसलाई उनीहरुको प्रशिक्षकले भुलेका छैनन् ।

‘इंग्ल्याण्डमा हामीले केही समय हाम्रो आधुनिक परिचयलाई भुलेर समय बिताएका छौं’ साउथगेटले पानामासँगको जीतपछि भनेका थिए, ‘साच्चै पहिलो र मुख्य मलाई फुटबलको नतिजामा मुल्याङ्कन गरिनेछ । तर, हामीलाई अझै अन्य धेरै ठूला कुराहरुलाई प्रभावित गर्ने मौका छ ।’

गार्जिएनमा एड आरोन्सले लेखेको लेखमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment