Comments Add Comment

स्तनपानबारे सचेतना जगाउन जब मोडलले यस्तो तस्वीर राखिन्, भयो हंगामा

अमेरिकी मोडल एवम् अभिनेत्री कि्रसी टिगनले बच्चालाई स्तनपान गराएको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यसपछि उनले धेरै आलोचनाहरुको सामना गर्नुपरेको छ ।

कि्रसीले इन्स्टाग्राममा पोस्ट गरेको एक तस्वीरमा उनले आफ्नो सानो बच्चा र ठूली छोरी लुनाको गुडियालाई एकैसाथ स्तनपान गराइरहेको देखिन्छ ।

दुई बच्चाकी आमा कि्रसीले तस्वीरको साथमा लेखेकी थिइन, ‘लुनाले उनको गुडियालाई पनि मैले दुध पिलाउँ भन्ने चाहेकी थिइन र मलाई पनि लाग्यो मेरो जुम्ल्याहा बच्चाहरु छन् ।’

भाइरल भएपछि

उनको पोस्टलाई एक दिनमै तीन लाख भन्दा धेरै मानिसले लाइक गरेका छन् भने टि्वटरमा १८ हजारले लाइक गरेका छन् । तर, यसलाई सबैले सकरात्मक रुपमा भने लिएका छ्रैनन् । केहीले यसको आलोचना पनि गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘आफ्नो बच्चाको साथमा नीजी क्षणहरुको तस्वीर इन्टाग्राममा पोस्ट गर्नुहुँदैन ।’

यस्तै एक टि्वटर प्रयोगकर्ताले लेखेकी छिन्, ‘जन्म, पिरियड्स र स्तनपानको बारेमा म बुझ्छु र यो प्राकृतिक पनि हो तर म यस्तो तस्वीर हेर्न चाहन्न ।’

यसमाथि मोडलले टिप्पणी गर्दै भनिन्, ‘मलाई मानिहरुको आतिशबाजी, मेलाको सेल्फी र स्मिमिङ पुलको तस्वीर हेर्न गाह्रो हुँदैन भने अरु मानिसले पनि कसैको सम्मान गर्न पर्छ ।’

चर्चित गायक जोन लेजेन्डकी पत्नी कि्रसीको फेसबुक पोस्टमा पनि धेरै मानिसहरुले नकरात्मक प्रतिक्रियाहरु जनाएका छन् । कसैले उनको प्रशंसा र समर्थन गरेका छन् भने कसैले उनले आफूलाई ढाक्नुपर्ने बताएका थिए ।

स्तनपानबारे सचेतना

आमाहरुले आफ्नो बच्चालाई नियमित स्तनपान गराउनुपर्ने अभियान चलाउँदै आएकाहरुको समूहले भने उनको प्रशंसा गरेको छ । उनीहरुले उनको तस्वीर सहित #normalizebreastfeeding  हृयासट्याग चलाएका छन् ।

कुनै मोडेल वा अभिनेत्रीले बच्चालाई स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो पहिलोपटक भने होइन् । सन् २०१६ मा अभिनेत्री लिभ टेलरले पनि यस्तै एक तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री ठेन्डी न्युटन, क्यानडाकी गायिका अलानिस मोरिसेटले पनि आफ्नो इन्स्टाग्राममा बच्चालाई स्तनपान गराएको तस्वीर सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment