Comments Add Comment

बन्ने भयो ‘कसौटी जिन्दगीकी’ को रिमेक, प्रेरणाको भूमिकामा को ?

स्टार प्लसबाट प्रशारण हुने हिन्दी टेलिसिरियल ‘कसौटी जिन्दगी’ कुनै समय अत्यधिक लोकपि्रय थियो । खासगरी गृहिणीहरु यो सिरियल हेर्न छुटाउँदैनथे ।

यो सिरियलको लोकपि्रयतापछि भारतीय टिभी च्यानलहरुमा यस्ता पारिबारिक मेघा सिरियलहरुको बाढी नै आए । यी सिरियल नेपालमा पनि महिलाहरुले निकै हेर्छन् ।

एकता कपुरले निर्माण गरेको कसौटी जिन्दगीकी अब दर्शकहरुले फेरि हेर्न पाउने भएका छन् । १७ वर्षपछि यसको ‘रिमेक’ गर्न थालिएको छ । यसको प्रोमो सुटिङ भइसकेको छ ।

कसौटी जिन्दगीकीको यो रिमेकमा श्वेता तिवारी भने हुने छैनन् । उनको ठाउँमा एरिका फर्नान्डिजले लीड रोल गर्नेछिन् । उनले यसअघि ‘कुछ रंग प्यार के’ नामक सिरियलमा अभिनय गरेकी थिइन् ।

रिमेकको ‘थिम सङ’ पुरानै हुनेछ । नयाँ शोको टीजर पनि अघिल्लो जस्तै छ । सामाजिक सञ्जालमा थुप्रै फ्यान पेजहरुले सिरियलको तस्वीर हालेका छन् । ती तस्वीरमा एरिका कालो पोशाकमा देखिएकी छन् । प्रेरणाको क्यारेक्टर उनले निभाइरहेकी छिन् भने अनुरागको क्यारेक्टर शाहिर शेखले निभाउने छन् । सिरियलको प्रशारण कहिलेबाट सुरु हुन्छ भन्ने चाहिँ खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment