Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Manu Kumar K.C
२०७५ असार २७ गते १२:५३
yaspaliko world cup France la chume xha.
k\puskar bahadur basnet
२०७५ असार २७ गते १०:२०
Heartly Congratulation France
RAM KAILASH YADAV
२०७५ असार २७ गते ९:४८
FINAL MA FRANCE JITNEXA
Amar
२०७५ असार २७ गते ६:३३
मेरो सपोट रहेको फ्रान्सलाई मुरी -मुरी बधाई छ ।
Khagendra Nath kafle
२०७५ असार २७ गते २:०४
Congratulations!

१२ वर्षपछि फ्रान्स फाइनलमा, वेल्जियम १-० ले निराश

२७ असार, काठमाडौं । वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो ।

बलमाथि  वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment