Comments Add Comment

अलास्का पहाडमा ठोक्कियो विमान, सबै सकुशल

पहाडमा दुर्घटनाग्रस्त विमान । फोटो : अमेरिकी कोस्टगार्ड

२७ असार, काठमाडौं । अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् ।

अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment