Comments Add Comment

नेकपाको नियमावली पारित, पार्टी सञ्चालन गर्न सहज

२७ असार, काठमाडौं । नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment