Comments Add Comment

कमेडी कथामा ‘साली कस्को भेनाको’


कमेडी जनरामा निर्माण भएको चलचित्र ‘साली कस्को भेनाको’को ट्रेलर रिलिज गरिएको छ । भद्र भुजेलको निर्देशनमा बनेको यो चलचित्र भदौ २९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा विल्सन विक्रम राई, वुद्दि तामाङ, रजनी गुरुङ, मरिश्मा पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र रमाइलो बनाएकाले दर्शकले मन पराउने विश्वास यसको निर्माणपक्षको छ ।

प्रसाद श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई, मुक्ति अधिकारीको लगानी छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दिर्घ गुरुङको छायांकन, पुष्प आचार्यको लेखन, बनिष शाहको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment