Comments Add Comment

सीअार्इएसएको अध्यक्षमा निर्वाचित सापकोटालार्इ बाबुराम भट्टरार्इले दिए बधार्इ

२७ असार, काठमाडाैं । काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीअार्इएसए)को अध्यक्षमा सर्वसम्मत दोस्रो कार्यकालका लागि निर्वाचित भएका विजय सापकोटालार्इ नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टरार्इले बधार्इ दिएका छन् ।

बुधबार ट्वीट गर्दै संयोजक भट्टरार्इले बधार्इ ज्ञापन गर्दै दोस्रो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । सोही ट्वीटमा संयोजक भट्टरार्इ देश बाहिर उत्कृष्टता हासिले गर्ने युवा देशकै सम्पत्ति बन्नु पर्ने उल्लेख समेत गरेका छन् ।

सापकोटा यही असार १२ गते राति अष्ट्रेलियाको उत्तरपूर्वी सहर क्रेन्समा सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा निर्बिरोध चयन भएका थिए । सीअार्इएसएले अस्ट्रेलियाका सात लाख अन्तर्राष्ट्रिय विद्यार्थीको प्रतिनिधित्व गर्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment