Comments Add Comment

रुपन्देही पूर्ण खोप सुनिश्चित घोषणा

१६ स्थानीय तहमा १६ हजार ४ सय ७६ बालबालिकाले खोप पाए

२७ असार, बुटवल । रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । ०७३ माघ २१ गते रुपन्देहीलाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका १६ स्थानीय तहमा १६ हजार ४ सय ७६ बालबालिकाले खोप पाएका हुन् । स्थानीय तहमा ३ सय ७८ घरधुरीमा सर्वे गरी खोप लगाइएपछि जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएको हो ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख केहरसिं गोदारले भने, ‘यसमध्ये १४ हजार ४१४ जनाले खोप कार्डसमेत पाइसकेका छन् भने २ हजार ५४० बालबालिकाले खोप कार्ड पाएका छैनन् ।’

साउन १ देखि सबैकाम स्थानीयतहमा जाने भन्दै स्थानीय पालिकाहरुले यस्को ब्यबस्थापन गर्नुपर्ने उनले बताए ।

१२ देखि २३ महिनाका बालबालिकाहरु मध्ये सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा २ हजार ४९१ जना, सिद्धार्थनगर नगरपालिकामा १ हजार ५७०, बुटवल उपमहानगरपालिकामा १ हजार ३८० जना बालबालिकाहरुलाई घरधुरी सर्वे का क्रममा खोप दिइएको खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए ।

सो अबसरमा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एकराज बिकले रुपन्देही खोप सुनिश्चित जिल्ला भएकाले अब सोही अनुरुप सबैले ब्यबहारमा लागू गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment