Comments Add Comment

मालपोत कार्यालयमा कृषि मन्त्रीको छड्के (फोटो फिचर)

२७ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बुधबार दिउँसो एक्कासि मालपोत कार्यालय, कलंकीमा पुगेका छन् ।

कार्यालयको अनुगमन गर्न उनी कार्यालयमा पुगेको हुन् ।

कार्यालयमा पुगेर उनले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारी, अधिकृत विष्णुप्रसाद गौतम लगायतलाई मालपोतमा सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो आएको भन्दै सुधार गर्न निर्देशन दिए ।

साथै, उनले कार्यालयमा हुने गरेका विकृति रोक्न कुसै कसर बाँकी नराख्न समेत निर्देशन दिए । उनले सुधारका लागि सुझावहरु समेत मागेका थिए ।

खनालले मालपोतको विकृतिलाई रोक्नका लागि विशेष योजना ल्याउन लागिएको समेत उनले बताए ।

सेवाग्राहीले बिचौलियाका कारण आफूहरुले दुःख पाइरहेको बताएका थिए ।

तर, कार्यालयका कनिष्ठ अधिकारीहरुले भने लेखापढी गर्ने ५ सय जना रहेको र इन्ट्री गर्ने चाहिँ २ जना मात्रै हुँदा समस्या हुने गरेको दाबी गरेका थिए ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment