Comments Add Comment

गोविन्द केसीका माग पूरा गर्न सरकार तयार छः राज्यमन्त्री अर्याल

२७ असार, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार रहेको बताएकी छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कारमा राज्यमन्त्री अर्यालले भनिन्, ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो । उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर छ । ‘

राज्यमन्त्री अर्यालले केही मागहरुका बारेमा विवाद रहेको भन्दै मैले भनेकै हुनुपर्छ भनेर समसस्या समाधान नहुने बताइन् ।

कानुनी बाटोबाट मात्रै समस्याको समाधान हुने भन्दै उनले संसदबाट मात्रै केसीका मागहरुले बैधानिकता पाउने बताइन् । ‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई बैधानिकता दिने हो । कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन ।’

राज्यमन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने समेत जनाइन् ।
डाक्टर केसी काठमाडौं आउन नमाने जुम्लामै सरकारी टोली पठाएर बार्ता र संवादमार्फत अनसन तोडाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment