Comments Add Comment

बैंकले दिने र लिने ब्याजदरको अन्तर घट्यो (मौद्रिक नीतिको पूर्णपाठ)

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाएको छ । आगामी आर्थिक वर्षको मौदि्रक नीतिमार्फत पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.५ प्रतिशतमा झारिएको हो ।

अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

०७० असोजबाट स्प्रेड दर कार्यान्वयन सुरु गरेको राष्ट्र बैंकले पाँच वर्षपछि स्प्रेडदरमा पुनरावलोकन गरेको हो । चालु आर्थिक वर्षमै स्प्रेडदर घटाउने योजना राष्ट्र बैंकको थियो । बैंकहरुको नाफा उच्च भएकाले यो दर घटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्र बैंकलाई निर्देशन दिँदै आएको छ ।क

वाणिज्य बैंकहरु भने यस्तो अन्तर बढाउनुपर्ने पक्षमा थिए । उनीहरुले स्प्रेडदर ६ प्रतिशत माथि पुर्‍याउन राष्ट्र बैंकहरुलाई दबाव दिइरहेका थिए । अहिले पनि कतिपय बैंकहरुले स्प्रेडदर कार्यान्वयवन गर्न अटेरी गर्ने गरेको भेटिएको छ । यस्तो दरकलाई क्रमशः घटाउँदै जाने नीति राष्ट्र बैंकले लिएको छ ।

हेर्नुस् पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment