Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Jas Bahadur Bishowkarma
२०७५ असार २७ गते १६:४६
Dheari Ramro Nirnaya Vayekoma Dalit Samudaya Bata Yo Kanuni Nirnayele Sabai Nepali ma Ramro sandesh Diyeko Xa. Sabai Thauma nai Yo lagu hoss Vana Chahanxu.Yo Nirnayele Dalit ko Pani Vabisye Pargati hune xa. Sabai Nepali Yek Hune Bato khulne xa. Sabaiko Hak Adhikar, Manab Adhikar Bata jo Kosailai Pani Pidit Hunu Parne Xaina.Nepal Ma Susashan Ayeko Mahsush Hune Aash Palayeko Xa. Vandai Pidit Lai Upaukta Samman Gareko Ma Merotarphabat Nyaye Dilaune Mahamahim Nyayedhish Harulai Muri-Muri Dhannebad didai, Nepal ka Sabai Thauma sabai Nyayedhish Haru bat. Patrakar Sathiharu Bata, Sabai Dilpremi Nepali Haru Bata Yesari nai Dalit-Pidit Haru lai Nya Dilauna Aa- Aaphno Thau Bat Sakdo Sahyog Gari, Manab- Manab Ma Vayeka Vedvab Haru lai Nirmul Parna Ma Joddar Binamra Anurodh Garda xu. Dhannebad- Dhannebad. Jas Bdr. Bishowkarma
Binod Ram
२०७५ असार २७ गते १५:३२
Dherai ramro ajha chhito phaisla garnu parx

पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जेल सजाय

२७ असार, महोत्तरी । पानी छोएको निहुँमा कुटपिट गर्नेलाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

१५ वैशाखमा बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि कुटपिट भएको थियो ।

महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ ।

अर्की अभियुक्त नाबालक भएकाले आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ । तर, १६ वर्ष उमेर नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिका सम्वन्धी ऐनको दफा ५ (२) अनुसार सजाय स्थगनको फैसला भएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

अदालतले उनलाई सुनाएको ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको छ ।

साथै पीडितलाई पचास हजार -२५/२५ हजार) क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment