आइतबार, ६ साउन, २०७५
OnlineKhabar.com
Suzuki

‘मेरो प्यारो रामेछाप’को म्युजिक भिडियो सार्वजनिक

Suzuki
अनलाइनखबर

काठमाडाैं/ रामेछाप जिल्लाको विविध पक्षलाई समावेश गरेर निर्माण गरिएको ‘मेरो प्यारो रामेछाप’को गीत तथा भिडियो सार्वजनिक भएको छ ।

रामेछाप जिल्लाको ऐतिहासिक, सांस्कृतिक धार्मिक एवं गाउँ ठाउँलाई समावेश गरेर निर्माण गरिएको भिडियो सार्वजनिक भएको हो ।

रामेछाप लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँ निवासी गीतकार चम्पक गुरुङ र विकास गुरुङले रामेछापको आठ वटै स्थानीय तहलाई समावेश गरे गीत निर्माण गरेका हुन् ।

रामेछापको गीतको स्वर स्वरुपराज आचार्य र संगीत फुलकुमार बम्जनले दिएका छन् । म्युजिक भिडियोमा विकास गुरुङ र नम्रता सापकोटाको अभिनय रहेको छ ।

कर्यक्रममा रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले रामेछापको विभिन्न पक्षलाई समावेश गरेर रचना गरिएको गीत र म्युजिक भिडियोले रामेछापको प्रचार प्रसारले ठूलो योगदान दिने बताए । म्युजिक भिडियोले रामेछापको बिम्ब बोकेको बताउदै उनले रामेछाप जिल्लालाई चिनाउन थप सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा पूर्व सभासदद्धय लक्ष्मी गुरुङ,आङटावा शेर्पा, युवा संघका केन्द्रीय सदस्य जयदेव गुरुङ,रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्की लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले गीत संगीतका माध्यमबाट जिल्लाको थप प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

२०७५ असार २७ गते १५:४४ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this