Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

नेविसंघको विवाद उत्कर्षमा, एउटा समूहले घोषणा गर्‍यो अधिबेशन

२७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघको विवाद चरम उत्कर्षमा पुगको छ ।

सभापति नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुले बुधबार अधिबेनको घोषणा गरेका छन् ।

केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बुधबार बाल्मीकी विद्यापीठमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो ।

जम्मा केन्द्रीय सदस्यहरुको ८७ जनाको उपस्थितिमा भएको बैठकबाट अधिबेशन घोषणा गरिएको केन्द्रीइ सदस्य अनिलबहादुर शाहीले बताए ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

बैठकबाट महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ ।

बैठकमा महामन्त्री कुन्दनराज काफ्ले,उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीको उपस्थिति थियो ।

यस्ता छन् बैठकका निर्णयः 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment