Comments Add Comment

एटीएम प्रयोगकर्तालाई राहत, अडि्कएको पैसाको पनि ब्याज पाइने

२७ असार, काठमाडौं । एटीएम कार्डबाट रकम झिक्दा नआउने तर खाताको रकम घट्ने समस्या धेरैले ब्यहोरेका छन् ।

नेपालका धेरैजसो बैंकको एटीएममा देखिएको यस्तो समस्याले सर्वसाधारण हैरान भएका छन् । यसरी खाताबाट घटेको रकम फिर्ता पाउन पनि उपभोक्ताले ठूलै सास्ती झेल्नुपर्छ । तर यो समस्यालाई आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिले केही हदमा भए पनि संबोधनको प्रयास गरेको छ ।

यसरी एटीएम कारोबार गर्दा सफल नभएको तर खातामा रकम घटेको भए बैंकहरुले निश्चित समयभित्र फिर्ता गर्नुपर्ने नियम बनाउने राष्ट्रबैंकले जनाएको छ । यदि बैंकले खातामा रकम फिर्ता नगरे त्यसरी घटेको रकमको व्याजसमेत दिनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

मौदि्रक नीतिमा भनिएको छ ‘एटीएम मेसिन वा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समयभित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत व्याज दिनुपर्ने व्यवस्था मिलाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment