1. ताजा अपडेट
Comments Add Comment
Abc
२०७५ असार २८ गते १७:१८
Not a nautanki Neymer atlist

रियलमा रोनाल्डोको स्थान कसले लेला ?

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १ सय १२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिडले उनको स्थानमा कसलाई ल्याउँछ भन्ने चर्चा सुरु भएको छ ।

रोनाल्डोले वर्षको २६ मिलियन पाउण्ड पाउने गरी इटालियन च्याम्पियन युभेन्टससँग चार वर्षको सम्झौता गरेका छन् । रोनाल्डो ३३ वर्षको उमेरमा विश्वकै चौथो मंहगा खेलाडी हुँदै युभेन्टस गएपछि रियलमा उनको ठाउँ लिने सम्भावित खेलाडीको नाम बाहिर आउन थालेका छन् ।

महंगा खेलाडीको सूचिमा रोनाल्डो भन्दा अघि बार्सिलोनाले १ सय ४२ मिलियन पाउण्ड तिरेर लिभरपुलबाट ल्याएका फिलिप कोउटिन्हो, मोनाकोबाट गएको सिजन १ सय ६६ मिलियन पाउण्डमा लोनमा पीएसजी आएका केलियन एमबाप्पे तथा बार्सिलोनाबाट २० सय मिलियन पाउण्डमा पीएसजी गएका नेइमार छन् ।

रोनाल्डोले रियल मड्रिडमा ९ वर्ष बिताए । क्लब फुटबलकै ठूलो उपाधि मानिने च्याम्पियन्स लिग फुटबल चारपटक जिते । रियल मड्रिडका सर्वाधिक गोलकर्ता उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका छन् । उनले मड्रिडबाट ४४ हृयाटि्रक गरे । जसमा ला लिगाको ३४ हृयाट्रिक सामेल छ ।

रोनाल्डो सन् २००९ मा त्यो समयको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका थिए । रोनाल्डोले युनाइटेडबाट पनि एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले मडि्रडमा रहेर विश्व फुटबलमा जस्तो प्रभाव पारे त्यसको पूर्ति गर्न सक्ने खेलाडी ल्याउनु रियलका लागि विशेष चुनौती छ ।

नेइमार

रियल मडि्रडले रोनाल्डोको स्थानमा ल्याउन चाहेको प्रमुख खेलाडी हुन्, नेइमार । स्पेनिस क्लब बार्सिलोनामै रहेर आˆनो स्टार छवी देखाइसकेका नेइमारलाई खेल क्षमताका कारण मात्रै नभइ उनको स्टारडमकै कारण पनि रियल ल्याउन उत्सुक छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि नेइमार ल्याउँदा क्लबको व्यापारमा पनि फाइदा हुने बताएका छन् ।

रियल मड्रिडका समर्थक नेइमारसँग उति खुसी नरहेको भए पनि उनले रियलमा आएर गोल गर्न थालेपछि त्यो सबै फेरिने छ ।

रसियामा जारी विश्वकपमा पनि नेइमारले आफ्नो खेल क्षमता देखाएका थिए । विश्वकपमा उनले दुई गोल गरे भने एक गोलमा पास मिलाए । यसैले अझै केही वर्ष नेइमार विश्व फुटबलमा चम्कने देखिएको छ ।

केलियन एमबाप्पे

रसिया विश्वकपमा सबैभन्दा चर्चा कमाइरहेका स्ट्राइकर हुन् केलियन एमबाप्पे । आफ्नो तीब्र गति र उत्कृष्ट खेल क्षमताले उनको भविष्य राम्रो देखिएको छ । रसिया विश्वकपमा उनले फाइनल खेलअघि तीन गोल गरेका छन् ।

बालोन डि’ओरको दौडमा पनि आउन सक्ने चर्चा रहेकाले पीएसजीका आबद्ध एमबाप्पेले रियल मडि्रडले ल्याउन चाहेको छ ।

एमबाप्पे नेइमार जतिको मार्केट भ्यालुको भने नरहेको रियल मडि्रडका अध्यक्ष पेरेजले नै बताएका छन् ।

व्यापारका दृष्टिकोणले मध्यम रहे पनि अन्य कुरामा एमबाप्पे ल्याउँदा मडि्रडको भविष्य राम्रो हुने विश्लेषण भइरहेका छन् ।

एडन हाजार्ड

विश्वकप हेरिरहेका हरेक फुटबल समर्थकले हाजार्ड कस्ता खेलाडी हुन् भन्ने राम्ररी नै देखेका छन् ।

बेल्जियम राष्ट्रिय टिमबाट मात्रै होइन चेल्सीमा रहँदा पनि हाजार्डले आफ्नो उत्कृष्ट खेल देखाएका थिए ।

तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् ।

रोनाल्डो र उनको खेल क्षमता फरक रहेकाले तुलना गर्न नमिल्ने भए पनि खेल जितको आधार बन्न सक्ने हुँदा हाजार्डमा रियल मडि्रडको नजर रहेको छ ।

हृयारी केन

केनले आफू इंग्लिस क्लब टोटनहृयाम छोड्न नचाहने बताइरहे पनि मडि्रडले भने उनलाई ल्याउन चाहेको खबर बाहिरिरहेका छन् ।

रसिया विश्वकपमा सेमिफाइन अघि नै ६ गोल गरेका उनी गोल्डेन बुटको दौडमा पनि अग्र स्थानमा छन् ।

गोल गर्ने क्षमता अब्बल देखिए पनि केनलाई उत्कृष्ट फुटबल कलाका लागि भने नचिनिने हुँदा मडि्रडका समर्थक भने उनको रोजाइँमा उति खुसी छैनन् ।

२४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्व र कुरा बुझ्ने उनको क्षमता राम्रो छ । उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ ।

पाउलो डी बाला

यसअघि पनि रियल मड्रिडले खेलाडी किन्दा विश्वकपमा भएको प्रदर्शनलाई मुख्य आधार मान्ने गरेको छ । उनको विश्वकप भने ओझेलमा रहेकाले उनी रोजाइँमा अलि पछि छन् ।

क्लब फुटबलमा राम्रो गरिहेका उनी रोनाल्डोकै स्थान लिन सक्छन् कि सक्दैनन् भन्ने बहस भइरहेका बेला करिम बेन्जेमाको स्थानमा फिट हुने तर्क पनि आइरहेका छन् ।

फुटबल पण्डितका अनुसार नेइमार, एमबाप्पे, हजार्ड, डीबाला र केनसँगै इंग्लिस क्लब लिभरपुलबाट खेल्ने इजिप्टका मोहम्मद सालहमाथि पनि रियल मड्रिडले नजर राखेको छ ।

डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment