Comments Add Comment

इंग्ल्याण्ड भर्सेस क्रोएसिया– के भन्छन् प्रशिक्षक ?

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसिया मस्कोमा रहेको लुजिन्की रंगशालामा खेल्दै छन् ।

समूह चरणदेखि नै अपराजित रहेको क्रोएसिया र यसअघि एक खेल हारेको इंग्ल्याण्डबीचको विजेताले फाइनलमा फ्रान्सको सामना गर्ने छ । क्रोएसियाका प्रशिक्षक जाल्को डेलिक र इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेट आफूहरु संयमित रहेर खेल्ने र फाइनलमा स्थान बनाउनेमा विश्वस्त रहेको बताइरहेका छन् ।

प्रशिक्षकको भनाइ

जाल्को डेलिक – क्रोएसिया

जब क्रोएसिया सन् १९९८ को विश्वकप सेमिफाइनलमा पुगेको थियो, त्यो समय हामी सबैको मनमा ताजा छ । खेलाडीहरुले निकै राम्रो गरेका थिए । अहिले पनि हामी उही अवस्थामा छौँ ।

यसपटक त्योभन्दा अघि जाने मेहनतमा हामी लागेका छौँ । यो सहज त छैन तर हामी राम्ररी प्रयास गर्ने छौँ । हामी इंग्ल्याण्ड, फ्रान्स सबै टिमको सम्मान गर्छौं । तर, क्रोएसिया जति मिलेको टिम अहिले अरु छैनन् ।

ग्यारथ साउथगेट – इंग्ल्याण्ड

जब म ठूलो हुँदै गए तब चुनौतीहरुलाई कसरी साधरण तरिकाले हल गर्दै जाने भन्ने बुझेँ । आफूलाई उद्देश्यमा एकाग्र बनाएर लक्ष्यमा लाग्न सकिएको छ ।

हामीले विश्वकपमा पछिल्लो केही हप्तादेखि जे गरिरहेका छौँ, यो सम्झँदा पछि पनि खुसी हुने कारण मिल्ने छ । दिमागले निराश हुनुपर्ने अवस्था र हारलाई सहजै स्वीकार गर्न सक्दैन तर खेलमा यसै हुन्छ भन्न मिल्ने कुरा होइन ।

हामी आफ्नो तर्फको मेहनत राम्ररी गरिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment