Comments Add Comment

केशव भट्टराई बन्लान त बोर्ड अध्यक्ष ?


अध्यक्ष भएको सात महिनामै पदमुक्त भएकी निकिता पौडेलपछि चलचित्र विकास बोर्डमा अध्यक्षको पदका लागि दौडधुप शुरु भएको छ । नेकपा सरकार भएको मौका उठाउँदै पार्टीसंग निकट व्यक्तिहरुमा एक प्रकारको लहर देख्न थालिएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी निकट चलचित्रकर्मीहरुको संस्था जनपक्षीय चलचित्रकर्मी संघले पुराना चलचित्र निर्माता तथा कलाकार केशव भट्टराईलाई बोर्डको अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयमा सिफारिस पठाइसकेको छ ।

तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराईलाई अध्यक्ष हुनु पर्ने माग उक्त सिफारिसमा रहेको बुझिएको छ । हाल चलचित्र ‘यात्रा द ब्लग’को निर्माण गरिरहेका केशव भट्टराई त्यसकै लागि हेटौडामा चलिरहेको छायांकन छाडेर काठमाडौं आएका छन् ।

चलचित्रवृतमा पनि भट्टराईलाई भावी अध्यक्ष बनाउनु पर्ने कुरा उठिरहेको सन्दर्भमा सरकारले भने रिक्त रहेको अध्यक्षको पदमा अहिलेका लागि सुचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई पुनः नियुक्त गरिने कार्य अगाडि बढाइरहेको पनि बुझिएको छ । ढकाल हालै पदमुक्त निकिता पौडेलभन्दा अगाडि तत्कालिन अध्यक्ष राजकुमार राईको कार्यकालपछि पाँच महिनाका लागि सरकारबाट यसैगरी बोर्डको अध्यक्ष बनाइएका थिए ।

अर्को तर्फ नेपाली चलचित्रका चर्चित नायक शिव श्रेष्ठ पनि बोर्ड अध्यक्ष हुने दौडमा लागेको पनि बुझिएको छ । यसर्थसंभावना हुँदाहुँदै पनि केशव भट्टराईको मुटुमा ढ्याङ्ग्र्रो ठोकिएको छ । बोर्डमा अध्यक्ष लगायतको पद रिक्त हुँदा साउन १ गतेबाट लागू हुने भनिएको बक्सअफिस तथा विद्युतीय इ-टिकेटिङ प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन हुने कुरामा शंका उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment