Comments Add Comment

कानून संकायको डीन कार्यालयमा विद्यार्थीको तालाबन्दी

२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानून संकायका डीनको राजीनामा माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

केही महिनायता नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी प्रथम वर्षको भर्ना सम्बन्धमा डीन कार्यालयले गरेको कार्यले आफूहरु मर्माहत भएको भन्दै स्वतन्त्र विद्यार्थीहरुले बुधबार डीन कार्यालयमा तालाबन्दी गरेका छन् ।

पहिलेको जस्तै खुला प्रणाली अन्तगृत भर्ना नलिइ विभिन्न बहाना निकाली कानून संकायका डीनकै संलग्नतामा आफू निकटका विद्यार्थीहरुलाई प्रश्नपत्र आउट गरेर प्रवेश परीक्षा लिएको आरोप विद्यार्थीको छ ।

डीन कार्यालयको निर्णयका कारण हजारौं विद्यार्थीहरुको पढ्न पाउने अधिकार खोसिएको भन्दै विद्यार्थीले भर्ना प्रकृया अघि नबढेसम्म तालाबन्दी कायमै रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment