Comments Add Comment

भारतबाट ८ करोड बढीको समान ल्याउन ‘एलसी’ अनिवार्य

२७ असार, काठमाडौं । अब भारतबाट ८ करोड रुपैयाँ बढीको वस्तु आयात गर्दा अनिवार्य रुपमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएको छ । यसअघि यो व्यवस्था अनिवार्य थिएन ।

अधिकांशले भारतबाट जति सामान झिकाउँदा पनि एलसी खोल्ने गरेका थिएनन् । नयाँ मौदि्रक नीतिले भने ५ करोड भारतीय रुपैयाँ (नेपाली ८ करोड रुपैयाँ ) भन्दा बढीको समान ल्याउँदा एलसी अनिवार्य खोल्नुपर्ने व्यवस्था गरेको छ ।

यसले भारतसँग अवैध रुपमा हुने ब्यापार र कर छली नियन्त्रण हुने विश्वास गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भने उधारोमा पनि भारतबाट समान ल्याइरहेका आयातकर्तालाई समस्या पर्ने बताउँछन् ।

वर्षौंदेखि नेपालमा कारोबार गरिरहेका कम्पनीसँग हुने कारोबारमा पनि अब एलसी चाहिने भएकाले केही झन्झट सिर्जना हुने उनले बताए ।

मौद्रिक नीतिले तेस्रो मुलुकबाट सामान आयात गर्नुपर्दा भने ४० हजार अमेरिकी डलरभन्दा माथिको कारोबारमा एलसी खोल्नुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment