Comments Add Comment

खुसीको आँसुदेखि टियर ग्यासको आँसुसम्म !

काठमाडौं । विश्वकप फुटबलमा फ्रान्स फाइनलमा पुगेपछि पेरिसमा उत्सव मनाइरहेका समर्थक खुसीको आँसुदेखि टियर ग्यासको आँसुसम्म पुगेका छन् ।

बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकप फाइनलमा पुगेको खुसीयाली मनाइरहेका समर्थकहरु उच्छृंखल हुन थालेपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो । सन् १९९८ को विश्वकप जितेको फ्रान्स सन् २००६ को फाइनलमा इटालीसँग हारेको थियो ।

मंगलबार राति पेरिसमा जम्मा भएका हजारौँ समर्थकले खुसीयाली मनाउने क्रममा तोडफोडमा उत्रिएका थिए । उनीहरुले प्रहरीमाथि नै ईंटा र सिमेन्टको टुक्राले प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

समर्थकहरुले सडकमा पूरै जाम पारेर गाडीको छतमा चढेर होहल्ला मच्चाएका थिए । अवस्था नियन्त्रणमा लिन प्रहरीलाई हम्मे परेको थियो ।

सेमिफाइनल खेलमा फ्रान्सका लागि स्यामुअल उमटीटीले खेलको ५१ औँ मिनेटमा गरेको गोल नै जितको आधार बनेको थियो । फ्रान्सले फाइनलमा इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment