Comments Add Comment

राप्रपाले मंसिरसम्म ५० हजार सक्रिय कार्यकर्ता थप्ने

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो मंसिसम्म ५० हजार सक्रिय सदस्य बनाउने निर्णय गरेको छ ।

मंगलबार र बुधबार बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको बैठकले मंसिरसम्म ५० हजार सक्रिय सदस्य थपिने गरी सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले साउन महिनामा हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रम सुरु गर्ने, पुस मशान्तभित्र गाउँ तहसम्म कार्यसमिति गठन गर्ने, पुस मशान्तभित्र गाउँ नगरको वडा तहसम्म कार्यसमिति गठन गर्ने, चैत मशान्तभित्र प्रदेश अधिवेशन गर्ने निर्णय पनि गरेको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment