Comments Add Comment

कास्की पूर्ण खोपयुक्त जिल्ला बन्यो, साढे ८ हजार शिशुले पाए खोप

२७ असार, पोखरा । कास्की पूर्ण खोपयुक्त जिल्ला बनेको छ । पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो ।

कास्कीमा सर्वप्रथम २०७२ सालमा साविकको चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो भने साविकको पोखरा उपमहानगरपालिका पनि २०७२ सालमै पूर्ण खोपयुक्त बनेको थियो । साविकको लेखनाथ पोखरासाग जोडिएर महानगर बनेपछि फेरि पूर्णखोप सुनिश्चित भएको हो ।

पोखरा महानगरपालिकाका र कास्की जिल्लालाई बुधबार एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरियो । कास्कीका ८ हजार ६ सय ९८ जना १५ महिनाभन्दा तलका शिशुले खोप पाइसकेका छन् ।

१५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । अब १६ देखि २४ महिनासम्मका शिशुलाई निगरानीमा राखिएको उनले बताए ।

कास्कीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताका स्वास्थ्य सुरक्षा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

स्वास्थ्य सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउँदै गुरुङले स्थानीय सरकारसँगको सहकार्यमै प्रदेश सफल हुने भनाइ राखे । प्रदेशका लागि खोप ऐन ल्याएर २ करोडको कोष छुट्याएको उनले बताए । आवश्यक परेको खण्डमा २० करोड रुपैयाँसम्म प्रदेश सरकारले छुट्याउन सक्ने उनको भनाइ थियो । ‘ल्याएका छौं, आवश्यक परेमा २० करोड पनि ल्याउँछौं,’ उनले भने ।

प्रदेशका जनताको स्वास्थ्योवस्था सुधार गर्न जुनसुकै चुनौतीपनि सामना गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।प्रदेश ४ का स्याङ्जाबाहेक सबै जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् ।

स्याङ्जालाई पनि छिट्टै खोपयुक्त बनाएर प्रदेशलाई पूर्ण खोप सुनिश्चित गर्ने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । घोषणा हुनुमात्रै ठूलो कुरा नभइ त्यसको कार्यान्वय ठूलो कुरा भएको उनको भनाइ थियो । खोप बनाएकै कारण कुनै पनि शिशु, आमा र बालबालिकाको ज्यान जाने, अपांग हुने जस्ता घटना आउन नहुने कुरामा उनले जोड दिइन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कास्की खोपयुक्त भएसँगै यसलाई कायम राखिराख्न थप चुनौति थपिएको बताउँछन् । १५ महिनासम्मका शिशुको खोप सुनिश्चित भए पनि त्यो भन्दा माथिका बालबच्चाको पनि निगरानी राख्नु पर्ने उनको भनाइ थियो ।

गुणस्तरीय खोप सेवा नेपाली अझै पाउन नसकेको अधिकारीले बताए । घोषणासागै यसको फलोअप र निगरानी निरन्तर राख्नुपर्ने उनको भनाइ थियो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले स्वास्थ्य स्वयं सेविका लगायत सबैको सहयोगले पूर्ण खोपयुक्त भएको बताए । यसको बाँकी निगरानी राख्ने जिम्मेवारी पनि सबैको भएको उनको भनाइ थियो । उनले प्रदेश र केन्द्र सरकारले एकातिर दिइजस्तो गर्ने र अर्कोबाट खोस्ने काम गरेको गुनासोसमेत गरे ।

जिल्ला स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखा प्रमुख झलकराम गौतमले खोपयुक्त जिल्ला घोषणा गरेर अन्य जिम्मेवारीबाट पन्छिन नहुने बताए ।

खोप सेवा अन्र्तगत जन्मने बित्तिकैक्षयरोग विरूद्ध, ६ हप्तामा भ्यागुते रोग, लहरे खोकी, टिटानस, हेमोफिलस निमोनिया, हेपाटाइटिस बी विरूद्ध, न्युमोकोकस निमोनियाा विरूद्ध, ९ महिनामा दादुरा र रूबेल्ला विरूद्ध, १ वर्षमा जापानिज इन्सिफलाइटिस विरूद्ध खोप लगाउनुपर्ने हसन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment