Comments Add Comment

ठेकेदारको लापरबाही : पुल नबन्दा वर्षामा गाउँलेको विजोग


२७ असार, सिमरा । ठेकेदारको लापरवाहीले बाराका दुई नगरपालिका जोड्ने काँट खोलाको पुल निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एलाइट मोनो जेभी वीरगञ्जले १५ महिनाभित्र सक्नुपर्ने पुल निर्माण ४ वर्ष पुग्दा आधामात्रै काम सकिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकाको सिमानामा पर्ने काँट खोलाको पुल निर्माण कार्य मोनोजेभीले २०७१ असार मसान्तबाट काम सुरु गरेको थियो ।

ठेकेदार कम्पनीका मुकेश चौरसियाले डिभिजन सडक कार्यालय हेटौंडाको कमजोरीका कारण समयमा पुल निर्माण नसकिएको दावी गरे ।

बाढीले बगाएको पुरानो पुलका संरचना डिभिजन कार्यालयले हटाउने सम्झौता भए पनि उसले हटाउन ढिलासुस्ती गरेकाले काम ढिलाइ भएको उनले बताए ।

यता सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर जयराम अधिकारीले भने मोनोजेभीको लापरवाहीले बेलामा काम सम्पन्न गर्न नसकेको बताए । धेरै कामको जिम्मा लिने र बेलैमा कुनै पनि काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीको कमजोरी भएको उनले जिकिर गरे ।

‘ठेक्का लियो तर समयमा काम सम्पन्न गर्न सकेन,’ अधिकारी भन्छन् ‘कन्ट्रक्सनले लापरवाही गर्छ, डिभिजनबाट ठेक्का सकार गरेका अधिकांश आयोजना कन्ट्रक्सनले समयमा सम्पन्न सकिरहेका छैनन् ।’

उनले मोनोजेभीलाई दुई पटकसम्म म्याद थपका लागि पत्र पठाइसके पनि उसले बेवास्था गरेको आरोप लगाए । पुलको ठेक्का मोनोले करिब अढाई करोड रुपैयाँमा निर्माणको जिमेवारी लिएको थियो ।

पुल नबन्दा स्कुले बालबालीका र स्थानियलााई सास्ती

चार बर्ष नाघिसक्दा पनि दुई नगरपालिका जोडने पुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती बेहोरिरहेका छन् । बिषेश गरी विद्यालय जाने बालबालिकाले वषर्ायाममा खोलामा बाढी आउने कारणले सास्ती बेहोर्नुपरेको स्थानीय बताउँछन् ।

पानी परेपछि खोला पारी रहेको सामुदायिक बिद्यालयमा पठनपाठन नै बन्द गर्नुपर्ने बाध्यता रहेको शिक्षकहरुको गुनासो छ । यस्तै खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्ने त्यहाँका स्थानीयले बर्षामा ठूलो समस्या बेहोरिहेका छन् ।

बर्खाका बेला बिरामी पर्दा वा सर्पले टोक्दा बिरामीलाई अस्पताल पुर्‍याउनसमेत समस्या भइरहेको स्थानीय समाजसेवी सन्तोष चौधरीले बताए । तरकारी खेती गरेर हाटबजारमा पुर्‍याउने तरकारी कृषकले बर्खाका बेला उब्जाउ गरेको तरकारी बारीमै सडाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

वडा अध्यक्ष नमराज खड्काले ठेकेदारकै लापरवाहीले पुल समयमा नबनेको बताए । ‘दुबैतिर पुल नहुँदा हामी कुनै टाँपुमा बसोबास गरेझै लाग्छ, जत्ती ताकेता गरेपनि ठेकोदारले सुन्दैनन्, खड्काले भने : ठेकेदारले समयमै पुल बनाईदिएन, यो बर्खामा पनि समस्या उस्तै हुने भो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment