Comments Add Comment

‘भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन’

फाइल तस्वीर

२७ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ ।

सडकको भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूहले विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने छ । भूगर्वविद् कोइरालाले भने, सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुको विकल्प छैन ।’

उनका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उनले बताए ।  कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत सम्भार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिए ।

मंगलबार बिहानदेखि भासिन शुरु गरेको सडक भासिने क्रम जारी छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताए । भासिने क्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उनले बताए ।

सडक भासिने क्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । उक्त स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ ।

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । भित्तोमा ड्रिल गरी १०-१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ । सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment