Comments Add Comment

टाइगर-दिशाले ३० सेकेन्डको विज्ञापन खेल्न मागे पाँच करोड

‘बागी २’ को सफलतापछि बलिउडमा टाइगर श्राफ र दिशा पटानीको भाउ ह्वात्तै बढेको छ । यो हिट जोडीलाई आफ्नो फिल्ममा साइन गराउन धेरै निर्माता-निर्देशक पछि लागेका छन् ।

फिल्ममा मात्रै नभएर विज्ञापनमा पनि यो जोडीको माग हुन थालेको छ । हालै एउटा तेल कम्पनीले उनीहरुलाई संयुक्तरुपमा आफ्नो ३० सेकेन्डको विज्ञापनमा खेल्न अफर गर्‍यो । तर टाइगर र दिशाले चर्को पारिश्रमिक मागेका छन् । उनीहरुले पाँच करोड मागेपछि कम्पनीले निर्णय लिन बाँकी छ ।

यदि कम्पनीले उनीहरुको डिमान्ड स्वीकार गरेमा उनीहरु एउटै विज्ञापनमा खेल्ने तेस्रो रियल जोडी बन्ने छन् । यसअघि शाहरुख खान र उनकी पत्नी गौरी एउटा फर्निचरको विज्ञापनमा सँगै देखिएका थिए । सो विज्ञापनका लागि उनीहरुले १८ करोड पारिश्रमिक लिएका थिए । यसैगरी अभिषेक बच्चन र उनकी पत्नी ऐश्वर्या रायले एउटा किचेन वेयरको विज्ञापन खेल्दा ३० करोड लिएका थिए ।

टाइगर र दिशा लामो समयदेखि प्रेममा छन् । यद्यपि, आजकाल उनीहरुको प्रेमको चर्चा मिडियामा कमै हुन्छ । पछिल्लो समय पि्रयंका चोपडा र निक जोनस, आलिया भट्ट र रणवीर कपुर, दिपिका पादुकोण र रणवीर सिंहको प्रेमले टाइगर-दिशाको प्रेमलाई ओझेलमा पारिदिएको छ । अरु जोडीले जस्तै उनीहरुले पनि अहिलेसम्म आफूहरुको प्रेम सार्वजनिकरुपमा स्वीकारेका भने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment