Comments Add Comment

अगरबत्तीभित्र लुकाएर लागुऔषध तस्करी, २ जना पक्राउ

२८ असार, बुटवल । प्रतिबन्धित लागु औषधसहित २ जना बुटवलबाट पक्राउ परेका छन् । कास्की पोखरा लेखनाथ महानगरपालिका- १५ बस्ने वर्ष १९ का रोनित राना र तनहुँको व्यास नगरपालिका-७ बस्ने वर्ष २१ का रोजन गुरुङ पक्राउ परेका हुन् ।

भारतको सुनौलीबाट खरिद गरी ग २ प ४९३३ नम्बरको मोटरसाइकलमा पोखरातर्फ लैजाँदै गर्दा उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलनचोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको शरिर खानतलासी गर्दा प्लाष्टिक ब्यागभित्र कृष्ण कन्हैया लेखेको शालिग्राम धुपमा लुकाएको नुफिन १७, फेनारगन ३४, सेरिजैक ३४, टालजेसिक १७ एम्पुल्स, नाइट्राभेट १०५ ट्याव्लेट फेला परेको हो ।

लागु औषध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment