Comments Add Comment

शनिबारसम्मै भारी वर्षाको सम्भावना, मौसमविद भन्छन्- सतर्क हुनुस्

२८ असार, काठमाडौं । आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

मौसमविद विभूति पोखरेलले मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ । शनिबारसम्म सतर्क रहनुपर्ने देखिन्छ ।’

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वषर्ा हुने छ ।

बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।

शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । साँझ र राति भने भारी वर्षाको सम्भावना रहेको मौसमविद पोखरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment