Comments Add Comment

पहिरोले हेटौंडाका दुई सडकखण्ड अवरुद्ध


२८ असार, हेटौंडा । पहिरोका कारण हेटाैंडा-काठमाडाैं छाेटाे दुरीका दुबै मार्ग अबरूद्ध भएका छन् ।  बिस्तारकाे क्रममा रहेकाे हेटाैंडा- सिस्नेरी खण्डमा  एक र हेटौंडा- फाखेल खण्डमा दुई ठाउँमा झरेकाे पहिरोका कारण सडक अबरुद्ध भएकाे हाे ।

सडक डिभिजन कार्यालयले ठेक्का लगाएर सडक बिस्तारकाे क्रममा रेहेकाे हेटाैंडा- कुलेखानी- सिस्नेरी- दक्षिणकाली खण्डकाेे ज्यामिर र हेटाैंडा – कुलेखानी- फाखेल- फर्पिङ खण्डकाे सुकाैरा ड्याम र पुरण्डीमा खसेकाे ठूलाे पहिराेका कारण सडक अबरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक अबरुद्ध हुँदा पूर्वी नेपालकाे सर्लाही, राैतहट, निजगढ, बारा, पर्सादेखि अाउने र मकवानपुरबाट संघीय राजधानी काठमाडौं जाने र काठमाडौंबाट फर्कने साना सवारी राेकिएका छन् । याे दुई छाेटाे मार्ग हुँदै दैनिक एक हजारभन्दा बढी सवारी सञ्चालन हुने गर्दछन् ।

याे मार्गमा दुई दर्जन कम्पनीको भाडाका ५ सय भन्दा बढी सुमाे सञ्चालन हुने गर्दछन् । अबरुद्ध सडक मार्ग मध्य फाखेल खण्डको दुईवटा पहिराे हटाउनका लागि मेसिन बाेलाइएकाे भएपनि हटाउने काम सुरु नभएकाे प्रहरी चाैकि फाखेलले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment